सडक महोत्सवको निम्तो बाड्दै पाल्पा, वालिङ र बुटवलमा व्यवसायी

बुटबल, ३ पुष / पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोलीले स्याँग्जाको वालिङ र पाल्पाका व्यवसायिहरुसंग अन्र्तक्रिया गरेको छ । अन्र्तक्रिया कार्यक्रममा सडक महोत्वम हुने गतिविधीका बारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा प्रवद्र्धनात्मक भ्रमणटोलीका संयोजक सूर्यबहादुर भुजेलले पोखराको पर्यटकिय गतिविधी चलायमान बनाउन, धेरै भन्दा धेरै स्वदेशि तथा विदेशी पाहुना पोखरा भित्र्याउन तथा समग्र पोखराको पर्यटन विकासका लागि २० वर्षदेखि सडक महोत्सव आयोजना गरिदै आएको बताए ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको साँस्कृतीक कार्यक्रम, नेपालका लोपन्मुख साँस्कृतीक कार्यक्रम, अन्र्तराष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरन्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायत मुख्य आकर्षणका रुपमा रहने रेवान पोखराका महासचिव गणेश थापाले जानकारी गराएका थिए ।

छलफल कार्यक्रममा ‘सडकमै खाउँ, सडकमै नाचौ, सडकमै रमाऔं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको महोत्सवको प्रमुख स्थल कोमागाने पार्कमा राष्ट्रिय कलाकारहरुको लोकदोहोरी, लाइभ व्याण्ड, हाँस्य प्रहसन, बालउद्यान तथा अन्र्तराष्ट्रिय खानाका स्टलहरु रहने जानकारी गराइएको थियो ।

वालिङमा आयोजत छलफल कार्यक्रमको व्यवस्थापन वालिङ उद्योग बाणिज्य संघले तथा पाल्पामा आयोजित छलफल कार्यक्रमको व्यवस्थापन पाल्पा उद्योग बाणिज्य संघले गरेकिा थिए । छलफल कार्यक्रममा बोल्दै वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले पछिल्लो समय वालिङले पनि पर्यटन विकासका लागि होमस्टे, महोत्सव लगायतका कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिए । साथै पोखरा र वालिङको पर्यटन विकासमा सहकार्य गरिनुपर्नेमा उनले जोड दिए । रेवान पोखराका केन्द्रिय उपाध्यक्ष चौबहादुर गुरुङ्गले नेपालीहरुमा अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा जाने संस्कृतीको विकास हुँदै गएको बताए ।

त्यस्तै पाल्पामा आयोजित कार्यक्रममा बोल्दै पाल्पाका बाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पा र पोखराविच आपसि सहयोग र सद्भावकै कारण दुई नगरविचको सम्बन्ध सुमधुर रहँदै आएको बताए । पाल्पापनि पर्यटकियस्थल भएको बताउँदै पोखरेलीहरुलाई पाल्पाका पर्यटकिय स्थलका बारेमा अवगत गराइदिन पनि उनले आग्रह गरे । साथै पोखरा सडक महोत्सवको प्रचार प्रसार प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धतापनि जाहेर गरे ।

सिद्धबाबाको बाटो समस्य रहेको बताउदै यसको हल गर्न सकिए पाल्पा र पोखरा दुवै शहरले भारतिय पर्यटकहरु भित्र्याउन सकिनेतर्फ उनले जोड दिए । भ्रमणटोलीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेको छ । प्रवद्र्धनात्मक भ्रमण टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, टान क्षेत्रिय संघ पोखराका उपाध्क्ष सुसिलराज पौडेल, नाट्टा पोखराका उपाध्यक्ष सञ्जयकान्त सिग्देल, नाट्टा पोखराका पूर्वाध्यक्ष ओम पाण्डे, रेवान पोखराका सदस्य बसन्त गौतम, दिल श्रेष्ठ, पूर्व सचिव श्रीराम गिरी सहित पोखराका केहि पत्रकारपनि रहेका छन् ।

कमेन्टहरु
Loading...