पोखरा सडक महोत्सवमा रम्दै दर्शकहरु

पोखरा, १४ पुस/अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवान पोखराले आयोजना गरेको १९ औं पोखरा सडक महोत्सवमले पोखराका आउनेहरु रमाई रहेका छन् । चिसो मौसमको प्रवाह नगरी पोखराको लेकसाइडमा आउनेहरु राती अबेरसम्म पनि सडक मै रमाई रहेका हुन्छन् । महोत्सवको दोश्रो दिन शुक्रबार विभिन्न साँस्कृतीक कार्यक्रम, लोक तथा पप गित तथा खेलकुदका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

शुक्रबार दिउसो महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा लोकगितमा दर्शकहरु रमेका थिए । राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, सुमित्रा लामा तथा प्रजापति पराजुली, पार्वती जिसी लगायतले लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए भने शुक्रबार साँझ स्याडोज, इन्फ्लेम, इन्टरनेशनल हिमालयन प्याविलियन लगायतका ब्याण्डहरुको प्रस्तती रहने पप संयोजक योगेशबहादुर भट्टराईले जानकारी दिए ।

त्यसैगरि शुक्रबारनै सम्पन्न डुङ्गा दौडमा स्विमङपुलघाट प्रथम, बाराही घाट ‘इ’ दोश्रो तथा बाराही घाट ‘सी’ तेश्रो भयो । बसुन्धरापार्कदेखि शुरु भएको डुङ्गा दौड बाराही मन्दिर घुमेर पुन ः बसुन्धरा पार्कमै आएर सम्पन्न भएको प्रतियोगिताको संयोजक कृष्ण गिरीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितिय हुनेले नगद १० हजार तथा तृतीय हुने समुहले नगद ५ हजार पुरस्कार प्राप्त गरे । विजयी समुहहरुलाई रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्ग, पूर्वाध्यक्षद्वय सूर्य भुजेल र बलराम पहारीले पुरस्कार वितरण गरेका थिए ।

त्यसैगरि खेलकुदतर्फ शनिबार बिहान हल्लनेचोकस्थित चिल्ली बार रेष्टुरेण्ट अगाडीबाट बिल्लि बन्टर रेष्टुरेण्टसम्म वेटर रेस तथा दिउसो गौरिघाटमा रस्साकसी प्रतियोगिता हुने खेलकुद कार्यक्रमका संयोजक लोक गुरुङ्गले जानकारी दिए ।

महोत्सवको पहिलो र दोश्रो दिन दर्शकहरुको सहभागिता उल्लेख्य रहेको रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले बताए । क्षेत्रिय कृषि निर्देशनालयले आयोजना गरेको सुन्तला प्रदर्शन कार्यक्रम पनि दर्शकहरुले रुचीका साथ अवलोकन गरेको पनि बरालले बताए । महोत्सव अन्र्तगत शनिबार लोकदोहोरीतर्फ कोमल वली, सम्झना भण्डारी, कृष्ण काफ्ले, पुरुषोत्तम न्यौपानले लगायतका कलाकारहरुको प्रस्तुती रहने छ भने साँझ सबिन राईको प्रस्तुती रहने छ ।

कमेन्टहरु
Loading...