पोखराको विश्वशान्ति स्तुपमा थाईल्याण्डका सेना प्रमुखले अवलोकन

पोखरा, २१ वैशाख /पोखराको अनदुडाडाँम रहेको विश्वशान्ति स्तुपको थाईल्याण्डका सेना प्रमुख तरन्चैयन स्रिसुवनले अवलोकन गरेका छन् । स्रिसुवन सहित थाई तथा नेपाली अधिकृतहरु सहभागी टोली बिहीबार विहान विश्वशान्ति स्तुप पुगे अवलोकन गरेका हुन् ।

भ्रमण टोलीलाई विश्वशान्ति स्तुप अध्यक्ष शंकर गुरुङ एवं समितिका पदाधिकारीहरुले फुल र खादाले स्वागत गरेका थिए । सो अवसरमा सचिव अशोक गुरुङले शान्ति स्तुपका बारेमा जानकारी दिएका थिए ।

भ्रमण टोलीले भिक्षुहरुबाट सामूहिक शील ग्रहण गरेका थिए । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणामा थाई सेनाप्रमुख स्रिसुवन चारदिने भ्रमणका लागि बुधवार नेपाल आएका हुन् ।

पोखराको विश्वशान्ति स्तुपमा थाईल्याण्डका सेना प्रमुखले अवलोकन तस्बिरः सञ्जय शाक्य
पोखराको विश्वशान्ति स्तुपमा थाईल्याण्डका सेना प्रमुखले अवलोकन तस्बिरः सञ्जय शाक्य
कमेन्टहरु
Loading...