पोखरामा पर्यटकको बसाइ लम्व्याउन पामे घडेरी पदमार्ग

सागर राज तिमिल्सिना
पोखरा, ४ चैत/विश्वका पदयात्रा क्षेत्रमा कहलीएको नाम हो अन्नपुर्ण पदयात्रा । तर पछिल्लो समयमा पदयात्रालाई मोटरबाटोले घटाउदै जादाँ नेपालमा आउने पर्यटकहरुको पदयात्रा घट्दै गएको छ । नेपाल आउने विदेश र स्वदेशीलाई लामो तथा छोटो पदयात्रा मार्गका खोजीमा यती बेला ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा लागि परेको छ ।

टानले पछिल्लो समयमा पर्यटकको बसाई लम्व्याउन फेवातालको सिरानमा पदमार्गको खाजी गरेको छ । पोखराको पामे, चापाकोट घडेरी, पलैँचे हुदैँ भुम्दीकोट सम्मको करिब ८ किलोटिर पदयात्रा मार्गलाई विकास गर्न अध्ययन गरेको छ । यसले छोटो पदयात्रा गर्नेहरुका लागि उपयुक्त भएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष दिपक अधिकारीले बताए ।

नेपालमा आउने विदेशी अमेरीका, युरोप, बेलायत लगाएतका देशबाट आउने ७० प्रतिशत पर्यटक पदयात्राका लागि जाने गरेको उनले बताए । उनले छोटो समयका लागि घुम्न आउने तर पदयात्रा गर्न चाहने पर्यटकलाई दुई दिन एक रातको यात्रा हुने उनले बताए । यो पदमार्गबाट फेवाताल, हिमशृखला र पोखराको रमणिय दृश्य देख्न सकिन्छ ।

पामे, चापाकोट घडेरी, पलैँचे हुदै भुम्दीकोट सम्म करिब ३ घण्टा पुग्न सकिन्छ । नेपाली संस्कृती, ग्रामिण भेषभुषा र गाउँले घरहरुलाई पर्यटकले नजिकबाट हेर्न पाउने छन् । यो पदमार्ग प्रचारप्रसारको अभावमा बिगतमा सञ्चालनमा आएमा पनि ओझेलमा परेको अधिकारीले बताए । यो मार्गमा जानका लागि पोखराबाट पामे सम्म ८ किलोमिटर मोटरमा र ८ किलोमिटर पदयात्रामा जान सकिन्छ । डाडाँ काडाँ बन जंगल हुदै होमस्टे र टेन्टमा रमाउन सकिन्छ ।

पोखरामा पर्यटकको बसाइ लम्व्याउन पामे घडेरी पदमार्ग
पोखरामा पर्यटकको बसाइ लम्व्याउन पामे घडेरी पदमार्ग तस्बिरः प्रदिप पौडेल 
कमेन्टहरु
Loading...