पोखरामा पेट्रोल अभाव, ‘पेट्रोल सहज हुन्छ’ स्टोर गर्नु पर्दैन -गुरुङ

सागर राज तिमिल्सिना
पोखरा, २७ साउन/ पोखराको बजारमा अहिले देखिको पेट्रोल अभाव केही दिनमा नै सहज हुने व्यवासायीले बताएका छन् ।

रक्सोलमा भएको पेट्रोलको स्टोर गर्ने टंकि सफा गरेका कारण पेट्रोल अभाव भएको पेट्रोलीयम डिलर्स एशोसियनका केन्द्रिय सदस्य सुनिल गुरुङले जानकारी दिए । उनले बुधबार पोखरामा ८० पेट्रोल आएको र बिहीबार पनि १ लाख लिटर पेट्रोल आउने जानकारी दिए ।

उनले पेट्रोलको अभाव नभएको भन्दै हतारीयर लाइनमा नबस्न आग्रह गरे । सफा गर्दा कम लोड हुदा र उपभोक्ताले स्टोर गर्दा अझ अभाव हुने जाने उनले बताए । अत्यवस्थक छ भने पेट्रोल हाल्नु होस् उनले भने स्टोर गर्नका लागि नहाल्दा पनि हुन्छ तीन चार दिनमा आवश्यकता भन्दा बढि पेट्रोल दिन सक्ने बताए ।

उनले १३ वटा टेङकरलाई पेट्रोल भर्न बरउनीमा पठाइ सकेको बताए । डिजेलको भने कुनै अभाव नभएको उनले बताए ।

कमेन्टहरु
Loading...