नवौ पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला

पोखरा ,१९ मंसिर /आगामी पुसको २७ देखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने नवौ संस्करणको पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको छ । युनाइटेड क्लवको आयोजनामा हुने पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको क्लवका कोषाध्यक्ष तथा नवौ पोखरा महोत्सवका स्टल तथा अर्थ ब्यवस्थापन उपसमितीका संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवको तयारी तीब्र रुपमा अगाडि वढिरहेको वताउदै तिमिल्सिनाले नवौ संस्करणको महोत्सवमा २ सय ५५ वटा स्टल रहने वताए । महोत्सवमा १२ वटा रेष्टुरेण्ट, ५ वटा अटोमोवाइल, हस्तकला १५, कृषितर्फ ५, पर्यटन प्रवद्र्धन तर्फ ८, फ्लोरिसिङ तर्फ ३, शिक्षा तर्फ ५, बैङिकङ तर्फ ५, विभिन्न जानकारी मुलक ३ र १ सय ९४ वटा साधारण स्टलहरु रहनेछन ।

यसैविच महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी महोत्सवका लागी गठित ४१ वटै उपसमिती र सल्लाहकारहरुको बैठक समेत सम्पन्न भइसकेको क्लवका महासचिव तथा प्रचार प्रसार उपसमिती संयोजक शान्ता बहादुर थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...