पोखराको महेन्द्र गुफा काठमाण्डौं सिधा बस सेवा शुरु

पोखरा, ५ कात्तिक/ पोखराको पर्यटकीय स्थल महेन्द्र गुफा देखि संघिय राजधानी काठमाण्डौं सम्म सिधा बस सेवा शुरु भएको छ । पृथ्वी राजमार्ग बस संचालक समितिले सोमबारदेखि सिधा बस सेवा शुरु गरेको हो ।

सेवा शुरु गर्दै पृथ्वी राजमार्ग बस संचालक समितिका अध्यक्ष ऐन कुमार साई, महासचिव योगेन्द्र के.सी, गण्डकी प्रदेशका सांसद कृण्ण थापा, वडा नम्वर १६का वडाध्यक्ष जीवन आचार्य, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, हिमालय क्लवका अध्यक्ष मोहन थापा, जिल्ला समन्वय समितिका सदस्य गुमादेवी गौतम, वडा सदस्य मेहरमान थापा, राजेश गुरुड., बिष्णु नेपाली, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाका अध्यक्ष केशव बस्नेतले पहिलो दिन सेवा लिएका यात्रुलाई अबिर र खादा लगाएर शुभकामना दिदै विदाइ गरेका थिए ।

बस सेवा संचालनले त्यस भेग र आसपासका जनतालाई थप सेवा पुग्ने तथा महेन्द्र गुफा, चमेरे गुफा आउने पर्यटकलाई सुविधा हुने गण्डकी प्रदेशका सांसद कृण्ण थापाले बताए । वडा कार्यालयको व्यवस्थापन र हिमालय क्लवको सहजीकरणमा बस सेवा संचालन भएको र यसले निरन्तरता पाउने वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए ।

पहिलो दिनमै महेन्द्र गुफाबाट यात्रा गर्ने यात्रुको आर्कषण बढेको थियो । हाललाई दैनिक बिहान ८ बजे सेवा दिइने र यात्रुको चाप बढेमा गाडी थप गरिने समितिले जनाएको छ ।

महेन्द्र गुफाबाट छुटेको बस बाटुलेचौर, दीप, सुन्दर फिड, पृथ्वीचोक हँुदै काठमाण्डौँको गोंगबु पुग्ने र त्यही रुट भएर फर्किने छ ।सिधा बस सेवा शुरु भएपछि बाटुलेचौर,जोगीमणी,अर्मलाकोट,घार्मी,कुरेचौर, हरिपाउँ लगाएतका क्षेत्रका बासिन्दाले सुविधा पाएका छन् ।

कमेन्टहरु
Loading...