पोखरा महानगरीय विकास आयोजना तथा परियोजनाहरू

पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ को लागि ४ अर्ब ३ करोड ८२ लाख ५३ हजार हुने भएको छ । महानगरका मेयर मानबहादुर जिसीले विहीबार नगर परिषदमा सो बजेट प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा पोखरा महानगरीय विकास आयोजना तथा परियोजनाहरू

– कम उर्वर र जोखिम कम भएका स्थानहरूमा बस्ती विकास कार्यक्रम लागू गरिने छ । एकीकृत बस्ती विकास कार्यक्रमद्वारा सुकुम्वासी, मजदुर र भूमिहीनहरूलाई एक परिवार एकघर कार्यक्रम कार्यान्वयनकालागि सम्भाव्यता अध्ययन गरिने छ ।

– पोखरालाई प्रदेश नं. ४ को राजधानी बनाउने गरी पूर्वाधार विकास गर्ने र प्रदेश कार्यालयलाई आवश्यक जग्गा उपलब्ध गराउनपहल गरिने छ ।

महानगर भित्र निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न पहल गरिने छ ।

– अन्तराष्ट्रिय स्तरको सभाहल, स्टेडियम, योग तथा ध्यान केन्द्र अत्याधुनिक बस टर्मिनल, यातायातका साधनको लागि पार्किङको सम्भाव्यता अध्ययन गरिने छ ।

– महानगरवासीको सेवा र सुविधाका लागि सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित गरिने छ ।मेट्रो बस सञ्चालनकालागिसम्भाव्यता अध्ययन गरिने छ ।

– सेती नदी, विजयपुर, फिर्के, खुदी आदि खोलाहरूको संरक्षणगर्दै आवश्यक ठाउँहरूमा पुल र पैदल मार्गहरू निमार्ण गरिने छ साथै सेती नदी किनारका घाटहरूलाई व्यवस्थित गर्दै आवश्यकता अनुसार विद्युतीय सवदहनस्थल निर्माणकालागि सम्भाव्यता अध्ययन गरिने छ ।

– सेती नदी र फिर्के खोलाकरिडोरमा हरियाली वेल्ट विकास गर्ने, गुप्तेश्वर गुफा बाट महेन्द्रगुफासम्म र फेवाताल देखि वेगनासरूपाताल सम्म साइकल टे«ल निर्माण गरिने छ ।

कमेन्टहरु
Loading...