पोखरा सबै पम्पबाट पेट्रोल, ‘पेट्रोल स्टोर गर्नु पर्दैन’ – महासचिब गोङगजु

सागर राज तिमिल्सिना

पोखरा, २७ साउन /पोखराको बजारमा अहिले देखिको पेट्रोल अभाव छिटै सहज हुने व्यवासायीले बताएका छन् । रक्सोलमा भएको पेट्रोलको स्टोर गर्ने टंकि सफा गरेका कारण पेट्रोल अभाव भएको पश्मिाञ्चल पेट्रोलीयम डिलर्स एशोसियनका महासचिब राजन गोङगजुले जानकारी दिए ।

उनले बिहीबार पोखरामा बसै पम्पबाट एक लाख ६० हजार लिटर पेट्रोल वितरण हुने बताए । उनले शुक्रबार पनि १ लाख लिटर भन्दा बढि पेट्रोल वितरण गर्ने जानकारी दिए । त्यसै गरि आइतबार करिब २ लाख लिटर पेट्रोल पोखरामा वितरण हुने भएकाले अभाव नहुने उनले बताए । अहिले दैनिक माग करिब ७० हजार लिटर हो तर पनि त्यस भन्दा बढि निस्कदा पनि लाइनमा बसेको देखिन्छ उनले भने स्टोर गरेका कारण त्यस्तो भएको हो ।

उनले पेट्रोलको अभाव नभएको भन्दै हतारीयर लाइनमा नबस्न आग्रह गरे । सफा गर्दा कम लोड हुदा र उपभोक्ताले स्टोर गर्दा अझ अभाव हुनजाने उनले बताए । अत्यवस्थक छ भने पेट्रोल हाल्नु होस् उनले भने स्टोर गर्नका लागि नहाल्दा पनि हुन्छ आवश्यकता भन्दा बढि पेट्रोल आएकै छ । उनले अन्य दुई तिनवटा नाकाबाट पनि पेट्रोल आइरहेको बताए ।  ‘पेट्रोलमा छिटो आगो सल्कने भएकाले स्टोर गरेर नराख्नु होस्’ उनले भने, ‘स्टोर गर्दा आगो लागि घटना पनि हुन सक्छन् ।

कमेन्टहरु
Loading...