प्रदेश ४ लाई लगानी बोर्ड भन्छ–आयोजना खोज्नुस्, पैसा हामी सगँ छ

पोखरा, १६ जेठ /लगानी बोर्ड नेपालले प्रदेश ४ सरकारलाई लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेको छ । धेरै विदेशी लगानीकर्ता लगानीको राम्रो वातावरण नभएर फर्किने गरेको भन्दै कानुनी झण्झट अन्त्य गर्न आग्रह गरेको हो । बोर्डको कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले प्रदेश ४ लगानीका लागि महत्वपूर्ण प्रदेश भएको भन्दै त्यसमा सहजीकरण गरिदिन सरकारसँग अनुरोध गरे ।

‘अहिले बैदेशिक लगानी हाईड्रो र कृषि तथा बैकल्पिक उर्जामा बढेको छ । सबै हिसावले प्रदेश ४ उपयुक्त छ, उनले भने–लगानी पनि भित्रिन सक्छ । तर वातावरण बन्नुप¥यो ।’ उनले लगानी वोर्डलाई प्रदेशको आयोजना मार्केटिङ गर्ने अवसर सिर्जना गर्न सुझाव दिए । लगानी बोर्डले ठूला आयोजनामा लगानी जुटाईदिने हो । प्रदेशका ३ वटा आयोजना प्राथमिकताका साथ मार्केटिङ गर्ने वातावरण बनाउनुस्, अधिकारी भन्छन्–सरकारसँग सहकार्य गर्न बोर्ड तयार छ । आयोजना पहिचान गर्न ढिलो नगर्नुस् ।’

उनले प्रदेश ४ को सम्भावना र चुनौतिबारे प्रश्तुती पनि राखेका थिए । कार्यक्रमकाा सहभागी सांसदहरुले पूराना उद्योगहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । रोजगारी सिर्जना गर्ने र प्रदेश सरकारको प्राथमिकता भित्र परेका आयोजनाहरुमा लगानीकर्ता खोजिदिन बोर्डसँग सांसदको आग्रह छ ।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको हातखुट्टा बाँधेर काम गर्न नसक्ने बताएका छन् । ‘काम सबै हामीले गर्नुपर्ने माथीका चाहीँ श्रीपेच लगाएर आउने किन रु, उनले प्रश्न गरे–साना कुरामा पनि केन्द्रको मुख ताक्नुपर्ने हो भने यो संघीयता नै होईन । गणतन्त्रमा पञ्चायतको शैलि निकाल्न मिल्दैन ।’ उनले पोखराबाट मनाङसम्म सुरुङमार्गले जोडेर हिउँ स्केटिङको प्रवद्र्धन गर्नुपर्ने, अन्तराष्ट्रिय स्तरको पार्क निर्माण गर्नुपर्ने लगायतका योजना अघि सारे ।

यस्तै पोखराका ९ तालको कनेक्टिभिटीमा लगानी बोर्डको जोड रहनुपर्ने सुझाव दिए । उनले प्रधानमन्त्रीलाई पूरा हुने कामलाई प्राथमिकता दिन पनि आग्रह गरेका छन् । ‘फेवातालमा पानीजहाज चलाउने उडन्ते कुरा गरेर हुँदैन । पोखराको तालहरुलाई कनेक्सन गर्ने, फाष्ट ट्रयाक बनाउने र मोनोरेल चलाउने कुरा सम्भव छ, उनी भन्छन्–यसले महत्वपूर्ण प्रडक्ट थपिन्छ र टुरिष्टको फ्लो बढ्छ । हामीलाई केन्द्र सरकारको सहयोग चाहिएको छ ।’

कमेन्टहरु
Loading...