पोखरामा अमेरिकन प्रविधिको ‘लाइभ आइसक्रिम’ आउटलेट शुरु

पोखरा, ११ जेठ/अमेरिकन प्रविधिको लाइभ आइसक्रिमको पार्लर पोखराको न्युरोडमा शुरु भएको छ । करिब एक वर्ष अगाडि काठमाडौंमा भित्रिएको यो प्रविधिको आउटलेट पोखरामा सञ्चालनमा आएको हो ।

पोखराको न्युराडस्थित भाटभटेनीको अगाडि सञ्चालनमा आएको लाइभ आइसक्रिम पार्लरको शनिबार कलाकारहरु वर्षा राउत र सन्ध्या केसीले उद्घाटन गरे । पोखराका व्यवसायीहरु चिन्तामणि बास्तोला, सन्तोष घिमिरे, विनोद न्यौपाने र शेखर कोइरालाले आइसक्रिम पार्लर सञ्चालनमा ल्याएका हुन् ।

लाइभ आइसक्रिम एक मिनेटमा तयार हुने सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए । ‘ग्राहकले आइसक्रिम बनाएको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन,’ उनले भने । अमेरिकन प्रविधिबाट पोखरामा पहिलो पटक आइसक्रिम तयार पारेर बिक्री गर्न सुरु गरिएको घिमिरेले जानकारी दिए ।

काठमाडौंको सफलता पछि यो प्रविधिलाई पोखरामा भित्र्याएको बताइएको छ । अन्य आइसक्रिम भन्दा यसको स्वाद निकै फरक रहेको आइसक्रिम लाइभका प्रवन्ध निर्देशक सञ्जोग कोइराला बताए । ‘लाइभ आइसक्रिम भएकाले अन्य आइसक्रिमको तुलनामा ताजा हुन्छ,’ उनले भने । १ करोड रुपैयाँ भन्दा बढी लगानीमा आइसक्रिम पार्लर पोखरामा सञ्चालनमा ल्याएको हो ।

तरल नाइट्रोजन अन्त्यन्त चिसो हुन्छ । त्यसलाई हावामा छोड्ने वित्तिकै त्यसले वरिपरीको क्रिमलाई जमाएर आइसक्रिम बनाउँछ । यसको जम्ने तापक्रम माइनस ३२१ डिग्री भएकाले आइसक्रिमलाई ‘माइनस ३२१ आइसक्रिम लाइभ’ भनेर ब्राण्डिङ गरिएको छ । विभिन्न १२ वटा विभिन्न फ्लेबरमा आइसक्रिम पाइने बताए ।

पोखरामा ‘लाइभ आइसक्रिम पार्लर’

पोखरामा अमेरिकन प्रविधिको ‘लाइभ आइसक्रिम’ आउटलेट शुरु

पोखरामा अमेरिकन प्रविधिको ‘लाइभ आइसक्रिम’ आउटलेट शुरु

Posted by Ganthan.com on Saturday, May 25, 2019

कमेन्टहरु
Loading...