बजेटले पोखरालाई के के दियो

पोखरा १५ जेठ /पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न आगामी चार बर्ष भित्र पूरा गरिने बजेट भाषणबाट घोषणा गरेको छ ।

पोखरा विमानस्थलका लागि ५ अर्व बजेट सरकारले छुटाएको छ । बैशाख १ गते शिलान्यास गरिएको विमानस्थल निर्माणको काम चार बर्ष भित्र सम्पन्न गरिने सरकारले जनाएको छ ।

शनिवार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण मार्फत चार बर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य पूरा गर्ने र त्यसको लागि यो आर्थिक बर्ष पाँच अर्व बजेट विनियोजन गरिएको बताए ।

त्यसै गरि पोखरा, लेखनाथ र अन्य क्षेत्रलाई समेटेर महानगरपालिका बनाउने घोषणा गर्ने भएको छ ।
झापा र कास्कीमा बांगुर पालनको विषेश योजना छ भने कास्कीमा बाख्रापालन केन्द्र बनाउने घोषण गरेको छ ।

तनहुँको दमौली सहित तीन स्थानमा इन्धन भण्डारण केन्द्र बनाउन आवश्यक जग्गा अधिकरण गर्ने । विभिन्न ठाउँबाट पोखरा जोडेने राजमार्ग बनाउने । पोखराको विन्ध्यवासीनि मन्दिरलाई आवश्यक बजेट दिने लगाएका योजना परेका छन् ।

एक प्रदेश एक मेडिकल, पोलिक्लिकल

स्नातकोत्तर तहमा शैक्षिक अध्धयनरत विद्यार्थीलाई ६ महिना स्वमसेवक नाएर गाउँमा खटाइने ।

कमेन्टहरु
Loading...