पोखरा अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र -मुख्यमन्त्री गुरुङ

पोखरा, २४ चैत/प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चिन र भारतका नाका जोडेर पोखरालाई अन्तराष्ट्रिय व्यापारीक केन्द्र बनाउने बताएका छन् । पोखरामा शुक्रबार नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग काठमाडौले आयोजना गरेको आर्थिक वर्ष २०७५÷०७६ का लागि पूर्व बजेटकालीन अन्तरक्रियामा उनले मुस्ताङको कोरला नाका र नवलपरासीको भैसालोटनमा नाका खोलेर पोखरालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बनाउने बताए ।

भारत र चिन जस्ता ठुला अर्थतन्त्र भएका देशलाई जोडेर त्रिदेशीय व्यापारिक केन्द्रको रुपमा पोखरालाई विकास गर्न आयोजना महत्वपूर्ण रहने मुख्यमन्त्री गुरुङले बताए । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२२ मा निमार्ण सम्पन्न हुनुअघि प्रदेशको गौरवका आयोजनाका रुपमा सडक पूर्वाधार निमार्ण गर्ने उनले सुनाए ।

पर्यटन विकासका लागि मल्टी कल्चर भिलेजको स्थापना, प्रदेश ४ का गाउँहरुमा ३ सय होमस्टे सञ्चालन गर्ने गरि पूर्वाधार विकास गर्ने, पोखरामा इकोलोजिकल र्पाक निर्माण, धार्मिक पर्यटकको विकासकालागि मनाकामना, विन्ध्यवासिनी, मुत्तिनाथ, दामोदरकुण्ड जोड्ने गरि पर्यटन विकाका कार्यक्रम ल्याइने पनि उनले सुनाए ।

पोखराका ९ ताललाई समेटेर संरक्षण र पर्यटन विकासका कार्यक्रम संचालन, टेक्नीकल युनिभसिटी, बिशेषज्ञ सहितका सुबिधा सम्पन्न अस्पताल लगाएतका दश भन्दा बढि प्रदेशका गौरवका योजना अघि बढाइने उनले बताए । यसकालागि ८० अरवको बजेट चाहिने बताए ।

प्रदेश ४ का प्रमुख सचिव लक्ष्मण अर्यालले ४६ प्रतिशत नागरिक मात्र बैंकिङ पहुचमा भएको बताउँदै बित्तीय समोबेसीकालागि निती आउनु पर्ने बताए । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले प्रदेशमा घाटा बजेटको अवधारणबाट बजेट प्रस्तुत गर्न सुझाए । नेपालमा सरलीकृत कर प्रणालीका कारण द्धोन्दको बेलामा पनि कर राम्रो उठेको सुनाए ।

कमेन्टहरु
Loading...