‘पोखरा इन्टरनेट’ र ‘क्लियर टिभी’को भ्यालेन्टाइन प्याकेज

पोखरा, २९ माघ /पोखरा इन्टरनेट र क्लियर टिभीले ग्राहकहरुकालागिभ्यालेन्टाइन स्पेशलप्याकेज सार्वजनिक गरेको छ । प्रेम दिवसमाआफ्नाग्राहकहरुसँग माया साट्ने उद्देश्यसहितकम्पनीले प्याकेज सार्वजनिक गरेको हो ।

प्याकेजअनुसार भ्यालेन्टाइन डे कै दिनअर्थात फेब्रुअरी १४ मा इन्टरनेट जोड्ने ग्राहकहरुले महिनाको ६ सय ९९ रुपैयाँमात्रै शुल्कतिर्नुपर्ने हुन्छ । यो दिनमा इन्टरनेट जोड्दा कम्पनीले ग्राहकसँग छुट्टै जडान शुल्कपनिनलिने जनाएको छ । ‘यो प्याकेजअनुसार सामान्यहिसाबले भन्ने हो भने ग्राहकले ५३ प्रतिशत छुटमा इन्टरनेट जडान गर्न पाउनेछन् ।’ पोखरा इन्टरनेटका प्रमुखकार्यकारी अधिकृत सरोज कोईरालाले भने–‘यद्यपीग्राहकहरुले एक वर्षभरिको इन्टरनेट शुल्क एकैचोटी तिर्नुपर्ने हुन्छ ।’

पोखरा इन्टरनेटका अनुसार यो प्याकेज अन्तरगतकम्पनीले ग्राहककालागि १५ एमबिपिएस स्पिडको इन्टरनेट उपलब्ध गराउनेछ । यो प्याकेज एक दिनकालागिमात्र रहने भएकोले जतिसक्दो धेरै ग्राहकहरुलाई यो अवसरको फाइदालिनकम्पनीले आह्वान गरेको छ ।

यस्तै पोखरा इन्टरनेटले नै वितरण गर्दै आएको क्लियर टिभीले पनिभ्यालेन्टाइन स्पेशलप्याकेज सार्वजनिक गरेको छ । क्लियर टिभी तर्फ भने भ्यालेन्टाइन डे कै दिनमाक्लियर टिभी जोड्ने घरमा एउटा अर्को सेटअपबक्स निशुल्कउपलब्ध गराईने क्लियर टिभी कामार्केटिङ अफिसर बिष्णु बाँस्तोलाले बताए ।

यसरी जोडिएको सेटअप बक्स मध्ये एउटा सेटअपबक्सबाट निशुल्क रुपमा ६ महिनासम्म टिभी हेर्न सकिने कम्पनीले जनाएको छ । यो प्याकेज पनि एक दिनकालागिमात्रै रहने कम्पनीले जनाएको छ ।

कमेन्टहरु
Loading...