पोखराका होटल असोज सम्म बन्द गर्ने

पोखरा, ६ जेठ / विश्वभर कोरोना भाइरस महामारीसँगै जारी लकडाउनले होटल व्यवसाय नराम्ररी प्रभावित छ । त्यसको असर पोखराको पर्यटन क्षेत्रमा समेत परेको छ । पोखरामा ठूलो लगानी रहेका होटल व्यवसाय संचालन हुन नसक्दा यहाँ कार्यरत करिब ३० हजार मजदुरहरुले रोजगारी गुम्ने खतरा बढेको छ ।

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा संचालित होटलहरुले यही अवस्था लम्बिए असोजसम्म होटल बन्द गर्ने पश्चिमाञ्चल होटल संघले जनाएको छ । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने अनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकोले आगामी असोज महिनासम्म पोखराका होटलहरु बन्द गर्ने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

उनले लकडाउन कतिसम्म जाने हो निश्चित नभएको र लकडाउन खोलि हाले पनि कोरोना संक्रमणको प्रभाव होटल चलाउन सक्ने स्थितीमा रहेको बताए ।  पोखराका तारे होटलहरु पोखरा होटल ग्राण्ड, फिस्टेल, बाराही, टेम्पल ट्री, ल्याण्डमार्क, माउण्ट कैलाश, साग्रला लगायत होटलमा पहिलेको तुलनामा हाल मात्र १५ प्रतिशत कर्मचारी कार्यरत छन् ।

साना होटलले लगभग पूरै कर्मचारी घर फर्काएका छन् । व्यवसायीहरुले सरकारले बनाएको मापदण्ड अनुसार होटल सञ्चालन गर्नै नसकिने बताउ छन् । विश्वव्यापी होटलका लागि मापदण्ड बनाए पछि मात्रै होटल सञ्चालन गर्न सकिने पश्चिमाञ्चल होटल संघका सदस्यक तथा माउण्ट कैलाश होटलका सञ्चालक नरेश भट्टराई ।

सन् २०२० को नेपाल भ्रमण वर्षलाई लक्ष्त गरेर पोखरा धमाधम लागनी थपिदै गएको थियो । महामारीले धेरैको लगानी जोमिमा परेको व्यवसायीहरु बताउ छन् । महामारी तथा विपत्ति पर्दा पर्यटन व्यवसाय छिटो प्रभावित हुने र ढिलो उठ्ने हुदाँ सरकारले नै व्यवसायीका मर्का बुझनु पर्ने बताउ छन् ।

होटलकै कारण रोजगारी, कृषि क्षेत्र, हाइड्रो क्षेत्रलाई समेत ठूलो टेवा पुग्ने गरेको उनिहरुको भनाई छ । सरकारले मजदुरलाई ६ महिना धानिनका लागि प्याकेज दिनुपर्ने माग व्यवसायीको छ । पोखराको पर्यटन क्षेत्रमा करिब ४ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको पाइन्छ । पश्चिमाञ्चल होटल संघमा मात्र आबद्ध ४ सय भन्दा बढि होटलहरु छन् ।

कमेन्टहरु
Loading...