पोखरा फुडल्याण्डः सय रुपैयामा खाना

पोखरा, १३ बैशाख / पोखरा ! झट्ट सुन्दा ब्राण्डिङ नाम अनि झल्यास्स याद आउने त्यो महङ्गी पनि । पर्यटकिय दृष्टिकोणले केन्द्र मानिने सुन्दरनगरी पोखरा नेपालमा तुलनात्मक रुपमा महङ्गो ठाउँ मानिन्छ ।

हरेक ब्यक्ति दैनिक दुई छाक गर्जाे टार्नका लागि दौडधुप गरिरहेको ब्यस्त पोखरा शहरमा जस्ताले छाईएको देखी तिन तारे होटल सम्म छन् ।

होटलको स्तर अनुसारका स्वाद, सेवा तथा सुबिधा अनि उस्तै चर्काे मुल्य । यिनै कुराहरुलाई मध्यनजरमा राखेर युवा ब्यवसायी सोनु लिम्बुले पोखरा महानगरपालिका –९ न्युरोडमा (ट्रेडमल पछाडी) “पोखरा फुडल्याण्ड” सञ्चालनमा ल्याएकी छिन् ।

लिम्बुले सस्तो मुल्यमा सेवा दिने उद्देश्य सहित पोखरा फुडल्याण्ड सञ्चालनमा जानकारी दिईन् । प्रायजसो अफिसमा काम गर्ने र ब्यस्त जिपनयापन गर्नेहरुलाई मध्यनजर गरेर फुडल्याण्ड सञ्चालनमा ल्याईएको लिम्बुले बनाइन् ।

उनका अनुसार सिङ्गल भेज खानालाई १ सय १० रुपैयाँ र दुईवटा भेज खाना २ सय रुपैयाँमा उपलब्ध हुनेछ भने मासिक रुपमा भेज खाना खादा ६ हजार र नन भेज खानाको ११ हजार ५ सय पर्नेछ । ‘मासिक भेज खाना खादा पर सटर्डे नन भेज खाना पाउँछ,’ उनले भने, ‘पर सर्टर्डे बोइल एग पनि दिने ब्यवस्था गरेका छौं ।’

भेज सँगै चिकन खाना समेत उपलब्ध हुने बताउदै उनले सिङ्गल खानालाई २ सय १० र डबल चिकेन खानालाई ४ सय निर्धारण गरेको जानकारी दिईन् । पोखरामा बढ्दो महङ्गीलाई चुनौति दिदै मुख्य भन्दा बढि गुणस्तरिय तथा स्वादिष्ट खानको साथमा सेवा सुबिधा दिने युवा ब्यबसायी लिम्बुले बताईन् ।

कमेन्टहरु
Loading...