पोखरा फाइनान्सका दुई शाखा थप

पोखरा, ६ बैशाख /पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले पोखरालेखनाथ महानगरपालिका २९, भण्डारढिक आदर्शचोक र रामबाच्छा बजार वालिड्ढ स्याङजामा गरी दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सञ्चालनमा आएका दुवै शाखाहरुबाट निक्षेप एवं कर्जा लगायतका सम्पुर्ण बितिय सेवाहरु प्रदान गरिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

चुक्ता पृ्ंजी वृद्धिका लागि निकट भविष्यमा नयाँ सेयर निष्कासनको तयारी गरिरहेको फाइनान्सले पोखरा लेखनाथको विरौटामा समेत थप नयाँ शाखा सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ ।

चुक्ता पृ्ंजी ५५.७४ करोड रहेको यस वित्तीय संस्थाले २०७३ चैत्र मसान्त सम्ममा निक्षेप रु. ३ अर्व ४२ करोड ९४ लाख तथा कर्जा रु.३ अर्व २७ करोड ७८ लाख लगानी गरी रु. १२ करोड सञ्चालन मुनाफा गर्न सफल भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

कमेन्टहरु
Loading...