पोखरा फाइनान्सको संचालकमा तिमिल्सिना र गुरुङ नियुक्त

पोखरा, १३ पुस/ पोखरा फाइनान्स संचालक समितिको बैंठकले बिण्णुहरी तिमिल्सिनालाई चार बर्षका लागि संचालक पदमा नियुक्त गरेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट जन प्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका तिमिल्सिना नेपाल सरकारको विभिन्न कार्यलयमा ३४ बर्ष सेबा गरी हालै सेबा निवृत भएका थिए ।

सेवा निवृत्त हुनु अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक प्रशासन प्रमुख रहेका थिए । त्यसै गरि वरिष्ट अधिवक्ता कृष्ण बहादुर गुरुङलाइै पनि संचालकमा नियुक्त गरेको छ । फाइनान्सको पुस ६ गते बसेको बैठकले नियुक्त गरेको हो ।

कमेन्टहरु
Loading...