दर्शकको अपार मायाले पोखरा महोत्सव सफल -आयोजक

पोखरा, ११ माघ /सातौ संस्करणको पोखरा महोत्सव सभ्य र भब्य ढंगले सम्पन्न भएको छ । युनाइटेड क्लवको आयोजनामा पुस २९ देखि माघ १० गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गरेको पोखरा महोत्सव भब्य र सभ्य ढंगले सम्पन्न भएको हो । महोत्सवको समापन गर्दै बन तथा भु–संरक्षण मन्त्री शंकर भण्डारीले पोखरा महोत्सव ४ नम्बर प्रदेशकै नमुना महोत्सव भएको वताए ।

युवाहरुद्धारा सञ्चालित युनाइटेड क्लवले पोखरामा महोत्सवको आयोजना गरी सरकारले गर्नुपर्ने कामलाई स्थानिय स्तरबाटै गरिरहेकाले यो ४ नम्बर प्रदेशकै नमुना महोत्सव हुने वताए । महोत्सवको आयोजना गरी युनाइटेड क्ल्वले विभिन्न सामाजिक क्रियाकलापहरु संगै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण संगै सेती नदी संरक्षणमा देखाएको तत्परताले अन्य क्लव र युवाहरुले पनि देशको बिकासमा लाग्नुपर्छ भन्ने सन्देश प्रदान गरेको वताउदै मन्त्री भण्डारीले आफु सरकारमा रहदा या नरहदा पनि पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माणमा पहलकदमी चलाइरहने वताए ।

त्यसैगरी शांसद शारदा पौडेलले युवाहरुले केही गरेर देखाउन सक्छन भन्ने उदाहरण युनाइेट क्लवबाट प्रस्ट भएको वताउदै अन्य युवाहरुपनि युनाइटेड क्लवको सिको गर्दै सामाजिक क्षेत्रमा लाग्नुपर्ने वताइन । कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले युनाइटेड क्लवले आयोजना गरेको महोत्सव सफल महोत्सव भएको वताए । महोत्सवले दर्शकलाई मनोरन्जनमात्र नभइ कुनै ज्ञान दिन सकेको खण्डमा अझै प्रभावकारी रहने उनको भनाइ रहेको थियो ।

शालिमार सिमेन्टका गण्डकी धौलागिरी प्रमुख तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश प्रसाद चौधरीले पोखरा महोत्सव अन्य मेला महोत्सव भन्दा भिन्न उद्देश्यका साथ अगाडी वढेको महोत्सव भएकाले आफुहरुले सहकार्य गरेर अगाडी वढिरहेको वताए । आगामी दिनमा पनि युनाइटेड क्लवको हरेक गतिविधीलाई आफ्नो कम्पनीले सहयोग गर्ने समेत चौधरीले वताए ।

पश्चिमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष सन्जीव वहादुर कोइरालाले पोखरा महोत्सव आफैमा गौरवको महोत्सव रहेको वताए । राज्यले लिनुपर्ने दायित्वलाई एउटा क्लवले उठान गरी अगाडी वढ्नु सानोतिनो कुरा नभएको वताउदै अन्य युवाहरुले पनि यसको अनुसरण गर्नुपर्नेमा जोड दिए । अमरसिंह उच्च माविका विद्यालय ब्यवस्थापन समितीका सदस्य ओम प्रसाद सुवेदी पोखरा महोत्सवले पोखरामा मात्र नभइ राष्ट्रमानै आफ्नो छवी उच्च राख्न सफल भएको वताए ।

क्वलका संस्थापक अध्यक्ष तथा पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण सरोकार समितीका अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवले स्थापना कालदेखिनै पोखराको अमरसिंह चौरमा महोत्सवको आयोजना गरी सातौ संस्करण सम्म आइपुग्दा पोखरा र आसपासका छिमेकी जिल्लाहरुमा सामाजिक काम संगै पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माणकार्यको शुभारम्भ गरी हाल घाइते बन्यजन्तुको उद्धारका लागी उद्धार केन्द्रको काम भइरहेको वताए । त्यसैगरी सेती नदी संरक्षण र सौर्य बत्ती जडानमा समेत क्लवले काम गरिरहेको वताए ।

युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले महोत्सव सफल बनाउनमा सम्पूर्ण दर्शकको मुख्य भुमिका रहेको वताए । दर्शकहरुको मायाकै कारण महोत्सव भब्य र सफल भएको वताउदै दर्शकले तिरेको पैसा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दर्शकलाइनै फिर्ता हुने गरी क्लवले सामाजिक काममा खर्च गरिने गुरुङको भनाइ रहेको थियो । समापन कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य राखेका थिएभने महासचिव राजु श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैविच ११ दिन सम्म सञ्चालन भएको महोत्सवमा १ लाख ८९ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन । महोत्सवमा पोखरा र आसपासका दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । महोत्सवमा १२ करोड कारोवार भएको अर्थ तथा टिकट ब्यवस्थापन उपसमितीका संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी महोत्सव स्थलमा राखिएको चिडियाखानामा निर्मित बन्यजन्तु उद्धार केन्द्रको सहयोगार्थ राखिएको बन्यजन्तु अवलोकन केन्द्र नमुना चिडियाघरमा ४० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको पर्यटन प्रवद्र्धन उपसमिती संयोजक भुवन ढकालले जानकारी दिए ।

महोत्सवमा राखिएको लेखनाथको पचभैयामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखानाको भु आकृतिले दर्शकको मन जित्न सफल भएको थियोभने ४ हजार दर्शकले नेपाल टेलिकमको सीमकार्ड लिएको स्टल ब्यवस्थापन उपसमितीका संयोजक कृष्ण बहादुर मगरले जानकारी दिए ।

सातौ पोखरा महोत्सवमा आयोजना गरेको पोखरा तारा तीनको उपाधी सुगम थापा मगरले जितेका छन । सय जना प्रतिस्पर्धीलाई पछि पार्दै थापाले पोखरा तारा तीनको उपाधी संगै ५० हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपविजेता अनिल बिकेले २५ हजार नगद , ट्रफी र प्रमाणपत्र प्राप्तगरेभने सान्तवना स्थान हासिल गर्न सफल यम बहादुर नेपालीले नगद ५ हजार नगद र प्रमाण पत्र प्राप्त गरे ।

कमेन्टहरु
Loading...