पोखराका लेकसाइडमा डिज्नील्याण्ड फन पार्क सञ्चालनमा (भिडियो सहित)

पोखरा, २८ वैशाख /पोखराको पर्यटकीय क्षेत्र लेकसाइड ६ खहरेमा पोखरा डिज्नील्याण्ड फन पार्क सञ्चालनमा आएको छ । पार्कमा रोटे पिङ, डुङ्गा पिङ, चारतारा पिङ, ब्रेक डान्स पिङ, वाटर बल, कार जुदाई लगाएतका बच्चा देखि ठुलालाई पनि उपयुक्त हुने पार्कमा रमाउन सक्ने सञ्चालक बसन्त लिगलले जानकारी दिए ।

करिब १५ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको बिहीबार आयोजीत पत्रकार सम्मेलनमा लिगलले जानकारी दिए । पार्कमा खानाका परिकारका लागि ठेकी क्याफे समेत सञ्चालनमा ल्याएको उनको भनाई छ । खेल्ने क्रममा दुर्घटना भए बिमाको व्यवस्था गरिएको सञ्चालकले जानकारी दिए ।

पोखरामा बालबालिकालाई रमाउने पार्क थिएन त्यसैलाई मध्येनजर गरेर पार्क सञ्चालना ल्याएका हौ, लिगलले भने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि उपयुक्त हुनेछ । उद्घाटनको अवसर पारेर सबै खेलमा ५० प्रतिशज छुट र प्रवेश निःशुल्क गराइएको सञ्चालक लिगलले बताए ।

शनिबार फन पार्कको औपचारिक उद्घाटन गरिने उनले सुनाए । पार्क निमार्ण गर्न करिब १ करोड २५ लाख खर्च भएको उनले बताए । पार्कमा लिगल सगँ टेकबहादुर कार्की र विकास लामिछाने लागनी गरेका छन् । पार्क दिउसो १२ बजे देखि राती ८ बजे सम्म सञ्चालन हुने लामिछानेले बताए । पार्कमा ३० जनाले रोजकारी पाएको उनले बताए ।

कमेन्टहरु
Loading...