पोखरा विजनेश कम्पलेक्समा दोश्रो मोवाईल मेला हुने

पोखरा २३ फागुन /पोखराको पृथ्वीचोकस्थित पोखरा विजनेश कम्पलेक्समा आउँदो चैत्र १ गते देखि दोश्रो संस्करणको मोवाईल तथा ईलेक्ट्रोनिक्स मेला हुने भएको छ ।

मोवाईल तथा ईलेक्ट्रोनिक्स क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिको प्रर्दशनी र विक्रिका लागि मेला आयोजना गरिएको बुधबार मेलास्थलमै आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । मेलामा २० भन्दा बढी मोवाईल ब्राण्डको प्रर्दशनी गरिनुका साथै नयाँ प्रवधियुक्त ईलेक्ट्रोनिक्स सामाग्रीहरु प्रर्दशनी गरिने मेलाका संयोजक नवराज बरालले जानकारी दिए ।

मेला अवधिभर कम्पलेक्समा पुग्ने ग्राहकहरुका लागि पुराना मोवाईलसंग नयाँ मोवाईल साटेफेरको सुविधा, नयाँ मोवाईल खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको जानकारी दिईएको छ । मेलामा पुग्ने दर्शकहरुमध्ये दैनिक ५ जनालाई लक्की ड्र मार्फत आकर्षक उपहार र मेलाको अन्तिम दिनमा १ जना भाग्यशाली दर्शकका लागि फोर जि स्मार्ट फोन उपलब्ध गराईने मेलाका संयोजक बरालले बताए ।

मेलामा मोटोरोला, सामसुङ, मेईजु, कलर्श, लाभा, ओप्पो, माईक्रोम्याक्स लेनोभो, राईट लगायत ब्राण्डका मोवाईल कम्पनीहरुका स्टलहरु पनि रहने नेपाल मोवाईल डिलर्श एसोसियसनका अध्यक्ष शिवराज पहारीले जानकारी दिए ।

चैत्र १० गतेसम्म चल्ने मेलामा ४५ लाख भन्दा बढिको कारोबार हुने र २५ हजार भन्दा बढी दर्शकले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलालाई नेपाल मोवाईल वितरक संघ र पोखरा इलेक्ट्रोनिक्स डिलर एसोसियसनको सहयोग रहनेछ भने मेलालाई मोटोरोला मोवाईलले मुख्य प्रायोजन गरेको छ ।

कमेन्टहरु
Loading...