पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढ्यो

काठमाडौं, ३ जेठ /पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढेको छ। निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय पछि बुधबार राती १२ बजे पछि मुल्य बढेको हो । सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा २र२ रूपयाँको दरले वृद्धि गरेको छ ।

मूल्यवृद्धिपछि पेट्रोलको मुल्य प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको मुल्य ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन्।

विगत केहि समयदेखी अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमले पनि इन्डियन ओएल कर्पोरेसनले पढाएको मूल्यसूचिका आधारमा नयाँ विक्री मूल्य कायम गरेको हो। पछिल्लो तीन महिनामा चार पटक मूल्य बढेको छ ।

कमेन्टहरु
Loading...