पेट्रोलियम पदार्थको मूल्य बढ्यो ( के मा कति बढ्यो हेर्नोस् )

काठमाडौं,  ४ पुस /नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले मंगलबार​ राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले बढाएको हो । निगमले १५ दिनको फरकमा पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । यसअघि निगमले मंसिर २२ गते इन्धनको मूल्य समायोजन गरेको थियो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८/७८ रुपैयाँ पुगेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । खाना पकाउने ग्यास​ र हवाई इन्धनको मुल्य भने बढाइएको छैन् । निगमको स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजना गरिएको गोइतले बताए ।

कमेन्टहरु
Loading...