पोखरा उद्योग वाणिज्य संघको पदाधिकारी कस्कस्ले जिते

पोखरा, २ असोज/पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि बरिष्ठ उपाध्यक्षमा रवीन्द्रबहादुर प्रजु विजयी भएका छन् ।

उनले मीनराज काफ्लेलाई हराएका छन् । त्यसै गरि बाणिज्य तर्फको उपाध्यक्षमा विन्दु कोइराला सुबेदी बिजयी भएकी छन् । उनले केदारनाथ भट्टराई र सुरेश अधिकारीलाई हराइन् । उद्योग तर्फको उपाध्यक्षमा गोर्कण कार्की र सीता गुरुङको मत बराबरी भए पछि पुन गणना भएको छ ।

त्यसै गरि महासचिबमा दामु अधिकारी विजयी भएका छन् । उनले लक्ष्मी क्षेत्री पाण्डेलाई हराए । त्यसै गरि उपमहासचिबमा अर्जुन पोखरेल विजयी भएका छन् । उनले धर्मराज अर्याल र नवीन बराललाई हराए । त्यसै गरि कोषाध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । उनले जनक पराजुलीलाई हराए ।

कमेन्टहरु
Loading...