पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन असोज पहिलो साता 

पोखरा, २९ साउन । पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन आउँदो असोजको ५ र ६ गते हुने भएको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतमा मंगलबार बसेको कार्यसमितिको २८ आँै बैठकले महाअधिवेशनको मिति तयर गरेको हो । अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
यसैगरी बैठकले महाधिवेशनअन्तर्गत हुने  निर्वाचन कार्यक्रमको लागि पूर्व कार्यसमिति सदस्य तीर्थ श्रेष्ठलाई निर्वाचन उपसमिति संयोजक चयन गरेको महासचिव दामु अधिकारीले बताउनुभयो ।
निर्वाचन उपसमितिका बाँकी सदस्य  संयोजकबाट नै मनोनयन गरिनेछ भने निर्वाचन समितिले नै निर्वाचनका थप कार्यक्रमहरु तय गर्नेछ ।
कमेन्टहरु
Loading...