व्यापार मेलाको सहप्रायोजकमा शिवशिखर सहकारीको उपहार ब्रान्ड 

पोखरा, ८ पुस /पोखरा उद्योग वाणिज्य  संघको आयोजनामा यही पुस १८ देखि २८ गतेसम्म आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको सहप्रायोजकमा शिवशिखर कृषि सहकारी संस्था लिमिटेडको (उपकार ब्रान्ड) रहने भएको छ ।
सो सम्बन्धि संझौतामा मंगलबार संघका वाणिज्यतर्फका उपाध्यक्ष तथा प्रायोजक व्यवस्थापन समितिका संयोजक  पवनकुमार प्रजापति र शिवशिखर कृषि सहकारी संस्था लिमिटेडको (उपकार ब्रान्ड) को तर्फबाट महाप्रबन्धक सुशील बानियाले हस्ताक्षर गर्नुभयो ।
शिवशिखर कृषि सहकारी संस्था लिमिटेडको (उपकार ब्रान्ड) देशकै ठूलो कृषि सहकारी हो ।यो सहकारीले २२ सय जनालाई रोजगारी दिएको छ ।मेलाको मुख्य  प्रायोजकको जिम्मा यसअघि समृद्धि स्टिल्सले लिइ सकेको छ ।
सम्झौता कार्यक्रममा संघका कार्यसमिति  सदस्य देवेन्द्र केसी र कार्यकारी निर्देशक टोपबहादुर थापाको पनि उपस्थिती थियो ।यसैबीच मेलाको प्रवेश टिकटमा राखिएको प्याराग्लाइडिङ उडान पुरस्कार प्रायोजन हनुमान प्याराग्लाइडिङ,द सोनिया अटो मार्ट र स्काइवर्ड प्याराग्लाइडिङले गर्ने भएको छ ।
कमेन्टहरु
Loading...