मेलामा ४ करोड ८० लाखको कारोवार ४५ हजार दर्शक

पोखरा, १४ माघ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७०को छैटौ दिन मंगलबार सम्म मेलास्थलबाट ४ करोड ८० लाखको कारोवार भएको छ । आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाका अनुसार ४५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । उनका अनुसार आइतबार झण्डै ८ हजार ५ सय दर्शकले मेलाको अवलोकन गरे भने ४०लाखको कारोवार भयो ।

राष्ट्रिय औद्योगिक ब्यापार मेला– पोखरामा राखिएको गाउँले घर
राष्ट्रिय औद्योगिक ब्यापार मेला– पोखरामा राखिएको गाउँले घर

यता मेला अन्तर्गत भएको एकल नृत्य प्रतियोगितामा अमिषा परियार, मनिषा दाहाल, स्वेता गुरुङ, नर्मदा कुवँर, एलिना जिसि र उर्मिला गुरुङ दोस्रो चरणमा प्रवेश गरेका छन् । यसैगरी अन्तर जिल्ला उद्योग बाणिज्य संघ लोक दोहोरी प्रतियोगिता अन्तर्गत वालिङ र पर्वत उद्योग बाणिज्य संघ विचको प्रतिस्पर्धामा वालिङ विजयी बनेको साँस्कृतिक उपसमिति संयोजक दामु अधिकारीले बताए । बुधबार लेखनाथ र बुटबल तथा धादिङ्ग र म्याग्दी उद्योग बाणिज्य संघबीच दोहोरी गीत प्रतिष्पर्धा हुने भएको छ ।

यसैगरी एकल नृत्य प्रतियोगितामा सेजल गुरुङ, विपना गुरुङ, प्रिया अधिकारी, दिपेश लामा, कविता श्रृष्टि बुढाथोकी, अन्जु पौडेल, प्रमिला गुरुङ, प्रकृति थापा, सिद्धिका गुरुङ, दिपिका गुरुङ लगायतले प्रतिष्पर्धा गर्ने छन् । कलाकार तर्फ विष्णु खत्री, चन्द्र शर्मा, चन्द्र शर्मा, ज्योत्ती लोहनी, शिवहरी ढुङगाना, घनश्याम रिजाल, जिवन दाहालको प्रस्तुती रहनेछ भने हास्यँव्यङग्य तर्फको मुख्य आकर्षक राजा राजेन्द्र रहेका छन् । त्यस्तै पप तथा आधुनिक तर्फ पोखराको देउराली व्याण्डको लाईभ कन्र्सट हुनेछ । साथै आकर्षक मोर्डन डान्सले समेत दर्शकलाई मनोरञ्जन दिलाइने संघले जनाएको छ ।

यता संघले दैनिक प्रवेश टिकटमा राखेको सामसुङ मोवाइलको टचस्किन सेटको पुरस्कार मंसिर १३ गतेको ११०२ नम्बरको टिकटलाई प्राप्त भएको संघको सचिवालयले जनाएको छ । लगानीको सम्वद्र्धन, उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित आयोजित मेलामा खाद्य, दैनिक उपभोग्य बस्तु, लत्ताकपडा,अटो, पुष्प, लगातका २ सय ७० वटा स्टल रहेका छन् । मेला माघ २० गतेसम्म चल्नेछ ।

कमेन्टहरु
Loading...