वातावरण मैत्री घर बनाउन सिकाउँदै ब्यापार मेला

मेलामा ४ करोड ४० लाखको कारोवार ३७ हजार दर्शक
पोखरा, १३ माघ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७० मा राखिएको हरित आवास प्रवद्र्धन कार्याक्रम अन्तर्गतका स्टलहरुले सहभागिको ध्यान तानेको छ । युएन ह्याविट्याट नामक गैर सरकारी संस्थाको पहलमा राखिएका स्टलहरुका भूकम्प प्रतिरोधात्मक वातावरण मैत्री आवास निर्माणलाई जोड दिइएको छ । त्यसैगरी ति स्टलहरुमा हरित निर्माण सामाग्रीको प्रदर्शन, पानी सम्वद्र्धन,फोहर न्यूनिकरण र ब्यवस्थापन, उर्जाको किफायति उपयोगलाई पनि जोड दिइएको छ ।हरित आवास गृह अन्तर्गत सौर्य उर्जाको प्रयोग, घर भित्र हावाको विशेष आवागमनलाई पनि ध्यान दिइएको छ । युएन ह्याविट्याटले जनस्तरमा हरित आवास गृहको विशेषता जानकारी दिन र त्यस्ता निर्माणलाई प्रोत्साहन गर्न मेलामा १० वटा स्टलहरु राखेको छ । यता मेलाको पाचौँ दिन सोमबारसम्म मेलास्थलबाट ४ करोड ४० लाखको कारोवार भएको छ । आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाका अनुसार ३६ हजार ५ सय दर्शकले मेलाको अवलोकन गरेका छन् । उनका अनुसार आइतबार झण्डै ८ हजार ५ सय दर्शकले मेलाको अवलोकन गरे भने ९० लाखको कारोवार भयो ।

राष्ट्रिय औद्योगिक ब्यापार मेला– पोखरामा राखिएको गाउँले घर
राष्ट्रिय औद्योगिक ब्यापार मेला– पोखरामा राखिएको गाउँले घर

यता मेला अन्तर्गत भएको विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा सोसल पब्लिक बोर्डिङ स्कूल र साइनिङ स्टार बोर्डिङ स्कूल विजयी भएका छन् । प्रतियोगितामा रेन्बो एकेडेमी, सोसल पब्लिक स्कूल, साइनिङ स्टार बोर्डिङ र बालप्रभात माविबीच प्रतिष्पर्धा भएको थियो । यसैगरी अन्तर जिल्ला उद्योग बाणिज्य संघ लोक दोहोरी प्रतियोगितामा बाग्लुङ र बुटवल उद्योग बाणिज्य संघ विजयी बनेको साँस्कृतिक उपसमिति संयोजक दामु अधिकारीले बताए । मंगलबार पर्वत र बाग्लुङ उद्योग बाणिज्य संघबीच दोहोरी गीत प्रतिष्पर्धा हुने भएको छ । यता मंगलबारबाट एकल नृत्य प्रतियोगिता पनि सुरु हुने भएको छ । सो विधामा अमिषा परियार, मनिषा दाहाल,सोहिता कुँवर, नर्मदा कुँवर, कृष्ण पोखरेल, समा पराजुली, सिरेस थापा, युनिन गुरुङ, कृति श्रेष्ठ, एलिना जिसी र उर्मिला गुरुङले प्रतिष्पर्धा गर्ने छन् ।

मंगलबार मेलामा लोकदोहोरीका कलाकारहरु पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, प्रजापति पराजुली, गोमा क्षेत्री, रामजी पौडेल,रामजी खाँड, पार्वती जिसी लगाययतका कलाकारहरुले लोक दोहोरी पारखीलाई मनोरञ्जन दिनेछन् । पप आधुनिकतर्फ मंगलबार मल्लिका कार्की, सागर शाह, कौशल्या गुरुङ, प्रदीप थापा लगायतको कलाकारको सहभागिता रहने छ । यता संघले दैनिक प्रवेश टिकटमा राखेको सामसुङ मोवाइलको टचस्किन सेटको पुरस्कार मंसिर ११२ गतेको १०६८८ नम्बरको टिकटलाई प्राप्त भएको संघको सचिवालयले जनाएको छ । मंगलबार हास्य कलाकारहरु जितु नेपाल ( मुन्द्रे ) देविराम पराजुली ( भोक लाग्यो ) र निरज नेपाल – डण्डा घुमाएर) ले दर्शकलाई मनोरञ्जन दिनेछन् । लगानीको सम्वद्र्धन, उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित आयोजित मेलामा खाद्य, दैनिक उपभोग्य बस्तु, लत्ताकपडा,अटो, पुष्प, लगातका २ सय ७० वटा स्टल रहेका छन् । मेला माघ २० गतेसम्म चल्नेछ ।

कमेन्टहरु
Loading...