पोउवा संघले संचालनमा ल्याएको पोखरा बाढी पीडित राहत कोषमा सहयोग राशी जुट्दै 

पोखरा, ३१ साउन । पोखर उद्योग वाणिज्य संघले सुरु गरेको बाढी पहिरो पीडितलाई राहत प्रदान अभियानमा पोखरामा रहेका विभिन्न बस्तुगत संघ÷संस्थाहरु समेत सामेल भएका छन् ।  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा कास्कीमा रहेका विभिन्न बस्तुगत संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधीबीच मंगलबार भएको बैठकमा सहयोगको प्रतिवद्धता प्राप्त भएको हो ।
बैठक कै क्रममा खुद्रा तथा किराना व्यवसायी संघबाट   १५ हजार १ सय, पोखराको सर्वेश्वर मार्गमा रहेको सर्वेश्वर व्यवसायी समितिबाट १० हजार,कास्की जिल्ला रेडिमेड व्यवसायी संघबाट ५ हजार, बुद्ध विशाल बजार व्यवसायिक एसोसियनको तर्फबाट ५ हजार रुपैयाँ प्रदान गरिएको संघका महासचिव दामु अधिकारीले जानकारी दिनुभयो । यसैगरी बैठकमा उपस्थित अन्य संघ/संस्थाहरुले पनि बैठकपछि सहयोग रकम प्रदान गर्ने वचनवद्धता प्रकट गरेको उहाँले जनाउनुभयो ।
बाढी र पहिरोबाट सिङ्गो देश प्रभावित बनेका बेला आफ्नो दायित्ववोध मनन गर्दैै पोखरा उद्योग वाणिज्य संघले आइतबार बाढी पहिरो पीडितहरुको सहयोगार्थ ‘पोखरा बाढी पीडित राहत कोष ’स्थापनाको निर्णय गरेको थियो । कोष स्थापनासँगै संघकोतर्फबाट सो कोषमा १ लाख रुपैयाँका अलावा संघका  पदाधिकारी तथा कार्यसमितिको तर्फबाट जनही २ हजारको दरले ५८ हजार संकलन भई सकेको छ ।
राहत संकलनको यो अभियानमा पोखरामै रहेको रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनले समेत सहकार्य गरेको संघका महासचिव अधिकारीले जानकारी दिनुभयो ।सो कोषमार्फत सहयोग गर्न चाहनेहरुलाई  ओम डेभलपमेण्ट बैंकको खाता नम्बर १८०००० मा जम्मा गरी भौचरको प्रतिलिपी संघको सचिवालयमा पठाउन वा पोखरा उद्योग वाणिज्य संघको सचिवालयसहित रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनको कार्यालयमा सोझै प्रदान गर्न उहाँले आग्रह समेत गर्नुभयो । पोखरा उद्योग वाणिजय संघका अनुसार  संकलित रकम आवश्यकता हेरी स्थानीय दैवी प्रकोप उद्धार तथा राहत समितिहरुमार्फत यहाँहरुकै सहभागितामा पीडितहरुसम्म पु¥याइने छ ।
कमेन्टहरु
Loading...