Ganthan News Pokhara
All news from Pokhara & around
Supertop

पोखरा उद्योग वाािण्ज्य संघको प्रतिनिधीमण्डल एक्स्पो पोखराको प्रायोजक व्यवस्थापन गर्न राजधानीमा 

0
पोखरा, २२ असोज/  सफल एक्स्पो पोखरा २०७५ को लागि प्रायोजक व्यवस्थापनको लागि पोखरा उद्योग वाणिज्य संघको
प्रतिनिधीमण्डल काठमाण्डौंमा रहेको छ ।
संघका अध्यक्ष दामु अधिकारीको नेतृत्वमा रहेको प्रतिनिधीमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष तथा प्रायोजक व्यवस्थापन उपसमिति
संयोजक नारायण कोइराला, वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति र महासचिव अर्जुन पोखरेल रहनु भएको छ । राजधानीको
बसाईको क्रममा सफल एक्सपो पोखरालाई भव्य रुपले सम्पन्न गर्नको लागि विभिन्न उत्पादन एवं व्यवसायिक प्रतिष्ठानहरुसँग सहकार्यको
पहल गरिएको अध्यक्ष दामु अधिकारीले जानकारी दिनुभयो ।
सफल एक्सपो पोखरा २०७५ आउँदो मंसिर १३ गतेदेखि मंसिर २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुँदैछ ।
पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिस्कृत रुप नै सफल एक्स्पो पोखरा हो ।
एक्सपोको टाइटल स्पोन्सर भने यस पटक पनि सफल दूध रहेको संघका वरिष्ठ उपाध्यक्ष नारायक कोइरालाले बताउनुभयो ।
संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले गत वर्ष राष्ट्रिय औद्योगिक व्यापार मेलामा विभिन्न कोणबाट आवद्ध प्रतिष्ठानका
प्रतिनिधीहरुसँगको भेटघाट उत्साहप्रद रहेको जनाउनुभयो ।
 संघका महासचिव अर्जुन पोखरेलका अनुसार एक्स्पो पोखराले  पोखरा लगायत सम्पूर्ण राष्ट्रको  औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका
उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने
उदेश्य लिएको छ ।  एक्स्पो गण्डकी प्रदेशको  ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने
उदेश्यमा समेत समर्पित रहेको उहाँको भनाई थियो ।
अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...