दशैं र तिहारको उपलक्ष्यमा पोउवा संघको शुभकामना आदान प्रदान

पोखरा, २० असोज ।पोखरा उद्योग वाणिज्य संघले दशैंँ र तिहारको उपलक्ष्यमा विहीबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघको आफ्नै सचिवालय गैह्रापाटनमा आयोजना भएको शुभकामना आदान प्रदान कार्यक्रममा आमन्त्रित व्यक्तित्वहरुलाई संघका अध्यक्ष विश्वशंकर पालिखे, संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले स्वागत र शुभकामना व्यक्त गर्नुृभएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा कास्की स्थित सरकारी कार्यालयका प्रमुख, संघका साधारण सदस्य, सामाजिक अभियन्ताहरु, पोखराका लब्ध प्रतिष्ठित व्यक्तित्व लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
 शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित अतिथीहरुलाई स्वागत गर्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले दशै सद्भाव र भाईचारा बढाउने पर्वको रुपमा मनाउनु पर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघ उद्योगी÷व्यवसायीको हित रक्षाका अलावा पोखराको समग्र विकासको लागि समेत क्रियाशिल रहेको बताउँदै उहाँले सम्वृद्ध र सुन्दर पोखरा  निर्माणको लागि सरोकारवालाहरुबीच सहकार्य जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले पोखराको विकासको लागि निजी क्षेत्रले खेलको भूमिकाको सह्राना गर्नुभयो । भर्खरै कार्यकारी अधिकृतको रुपमा पोखरा आउनु भएका ढुंगानाले स्थानीयको आवश्यकता र चाहना हेरेर पोखराको विकासको लागि आफू समर्पित हुने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघले दशैं तथा तिहारको उपलक्ष्यमा हरेक वर्ष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
कमेन्टहरु
Loading...