पोखरा उद्योग वाणिज्य संघको चुनाव, दुई सदस्य निविरोध (को को उमेद्वारी सहित)

पोखरा २१ भदौ /पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको लागि निर्वाचन कार्यक्रम सुरु भएको छ । संघको भदौ ३१ र असोज १ गते हुने ३१ औ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम सोमवारबाट सुरु भएको हो ।

सोमवार उमेद्वारले मनोनयन पत्र लगेका छन् । मनोनयन पत्र लिएकाहरुले आज मंगलवार प्रस्तावक र समर्थक सहित उमेदवारी दर्ता गराउनेछन् भने दावि विरोधको लागि बुधवार सम्मको समयसिमा तोकिएको छ । बुधवार उमेदवारको अन्तिम नामावली प्रकाशित हुने निर्वाचन समितिका संयोजक दिपक श्रेष्ठले जानकारी दिए ।

यसअघि चर्चामा रहेका ६ जनालेनै अध्यक्ष पदको मनोनयन पत्र लिएपछि अब सबै चुनावी प्रतिश्पर्धामा उत्रने निश्चित भएको छ । वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष देव क्षेत्री सहित विश्वशंकर पालिखे, हिरा भट्टराई, ईश्वर कर्माचार्य, नारायण कोईराला र धनिराम बराल अध्यक्षको लागि प्रतिश्पर्धीको रुपमा उत्रिएका छन् ।

त्यस्तै एक बरिष्ठ उपाध्यक्षको लागि दुई जनाले मनोनयन पत्र लिएका छन् । वर्तमान कार्यसमितिका द्धितिय उपाध्यक्ष मिनराज काफ्ले र महासचिव रविन्द्र बहादुर प्रजु बरिष्ठ उपाध्यक्षको लागि भिड्ने भएका छन् । महासचिवमा लक्ष्मी पाण्डे र दामु अधिकारीविच प्रतिश्पर्धा हुने भएको छ ।

उद्योग तर्फको उपाध्यक्षको लागि सीता गुरुङ र गोकर्ण कार्की प्रतिश्पर्धामा उत्रिएका छन् । त्यस्तै वणिज्य तर्फको उपाध्यक्षमा विन्दु कोईराला सुवेदी, केदारनाथ भट्टराई र सुरेश अधिकारीले उमेदवारी दिने भएका छन् । कोषाध्यक्षमा जनकराज पराजुली र पवन कुमार प्रजापतीले फर्म लगेका छन् । उपमहासचिवमा तीन जनाले उमेदवारी दिने भएका छन् । अर्जुन पोखरेल, नविन बराल र धर्मराज अर्याल प्रतिश्पर्धीको रुपमा अघि सरेका हुन् ।

त्यस्तै दुई जना कर्पोरेट सदस्यमा दुई जनाले मात्रै मनोनयन पत्र लिएपछि निर्विरोध भएको छ । कर्पोरेट सदस्यमा नरेन्द्र वास्तोला र कमल वहादुर वस्नेत निर्विरोध भएका हुन् । उद्योग तर्फको एक सदस्यको लागि दुई जनाले मनोनयन दर्ता गराउने भएका छन् । औद्योगिक सदस्यमा मोहनवावु खड्का र हिरामणी पण्डित प्रतिश्पर्धी बनेका छन् ।

खुल्ला १० सदस्य पदमा २१ जनाले उमेदवारी दिने भएका छन् । खुल्ला सदस्यको लागि ६ महिला सहित २१ जना चुनावी मैदानमा उत्रन लागेका हुने । चीनु गुरुङ, सीता बराल, गीता तिवारी , कुमारी मुना वास्तोला, गोमा ढकाल, पवित्रा देवि गुरुङ, हिमालय बख्रेल, बलराम आचार्य, यदुनाथ अधिकारी , प्रेम प्रसाद पौडेल, देव कृष्ण काफ्ले, किसान सुनार, प्रेम वहादुर भूजेल, सुरेन्द्रमान बिजुक्छे, महेश्वर पोखरेल, अनील सिग्देल, कृष्ण रानाभाट, नवराज त्रिपाठी, गिरीधारी शर्मा, अर्जुन खनाल र हरिराज पन्तले खुल्ला सदस्य पदको मनोनयन पत्र लिएका छन् ।

चार बस्तुगत सदस्यको लागि ८ जनाले उमेदवारी दिने भएका छन् । नारायण प्रसाद पौडेल , गिरीधारी अधिकारी, डिवी भूजेल , यामनाथ पौडेल , तारानाथ ढुङ्गाना, केपी शर्मा, यमनाथ तिमल्सिना र माधव प्रसाद पौडेलले बस्तुगत सदस्यमा प्रतिश्पर्धा गर्ने भएका छन् । २५ पदका लागि ५३ जनाको उमेदवारी परेको छ । विधानले अध्यक्षलाई ४ जना सदस्य मनोनित गर्ने अधिकार प्रत्याभूत गरेकोले संघको कार्यसमिति भने २९ सदस्यीय हुनेछ ।

अध्यक्षको उमेदवार (एक जना)

१, विश्वशंकर पालिखे
२,देव क्षेत्री
३, धनिराम वराल
४, हिरा भट्टराई
५, ईश्वर कर्माचार्य
६ नारायण कोईराला

बरिष्ठ उपाध्यक्षको उमेदवार  (एक जना)

१, मिनराज काफ्ले
२, रविन्द्र वहादुर प्रजु

उपाध्यक्ष (उद्योग )  (एक जना)

१, सीता गुरुङ
२, गोकर्ण कार्की

उपाध्यक्ष (बाणिज्य )  (एक जना)

१, विन्दु कोईराला सुवेदी
२, केदारनाथ भट्टराई
३, सुरेश अधिकारी

महासचिवका उमेदवार  (एक जना)

१, दामु अधिकारी
२, लक्ष्मी पाण्डे

कोषाध्यक्ष पदको उमेदवार  (एक जना)

१, जनकराज पराजुली
२, पवन कुमार प्रजापती

उप महासचिवको उमेदवार  (एक जना)

१, अर्जुन पोखरेल
२, नविन बराल
३, धर्मराज अर्याल

कर्पोरेट सदस्य (बिजयी)

१, नरेन्द्र वास्तोला
२, कमल वहादुर बस्नेत

औद्योगिक सदस्य  (एक जना)

१, मोहन बाबु खड्का
२, हिरामणी पण्डित

बस्तुगत सदस्य (चार जना)

१, नारायण प्रसाद पौडेल
२, गिरीधारी अधिकारी
३, डिवी भूजेल
४, यामनाथ पौडेल
५, तारानाथ ढुङ्गाना
६, केपी शर्मा
७, यमनाथ तिमल्सिना
८, माधव प्रसाद पौडेल

खुल्ला सदस्य  (दश  जना)

१, चीनु गुरुङ
२, सीता बराल
३, गीता तिवारी
४, कुमारी मुना वास्तोला
५, गोमा ढकाल
६, पवित्रा देवि गुरुङ
७, हिमालय बख्रेल
८, बलराम आचार्य
९, यदुनाथ अधिकारी
१०, प्रेम प्रसाद पौडेल
११, देव कृष्ण काफ्ले
१२, किसान सुनार
१३, प्रेम वहादुर भूजेल
१४, सुरेन्द्रमान बिजुक्छे
१५, महेश्वर पोखरेल
१६, अनील सिग्देल
१७, कृष्ण रानाभाट
१८ नवराज त्रिपाठी
१९, गिरीधारी शर्मा
२०, अर्जुन खनाल
२१, हरिराज पन्त

कमेन्टहरु
Loading...