पूर्वाधारमा गरिएको लगानीले निजी क्षेत्रलाई फाइदा ः अध्यक्ष थापा

पोखरा,१४ चैत / पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले सामाजिक उत्तरदायित्व बहनसँगैको व्यवसायले व्यवसायिक सम्भावनाका ढोकाहरु खुल्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य संघले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वसहितको व्यवसायको पक्षमा उभिएको चर्चा गर्दै उहाँले निजी क्षेत्रले पूर्वाधारमा गरेको लगानीले अन्ततः व्यवसायिक सम्भावनाहरु बढ्ने बताउनुभएको हो ।

पूर्वाधारमा गरिएको लगानीले निजी क्षेत्रलाई फाइदा ः अध्यक्ष थापा
पूर्वाधारमा गरिएको लगानीले निजी क्षेत्रलाई फाइदा ः अध्यक्ष थापा

पोखरा उद्योग वाणिज्य संघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा निस्केको दमक उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डललाई आइतबार आफ्नै सचिवालयमा स्वागत गर्र्दै उहाँले सो पूर्वाधार विकास हुनु भनेको व्यववसाय बिस्तार हुनु हो भन्नुभएको हो । सो अवसरमा उहाँले पोखरा विश्वविद्यालय स्थापना, पोखराका भौतिक निर्माणका योजनाहरु तथा पछिल्लो समय पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा संघले खेलेको भूमिकाको समेत स्मरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै दमक उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाश प्रसाईँले नेपाल उद्योग वाणिज्य संघको आसन्न ५० औं वार्षिक साधारण सभा तथा वाणिज्य दिवसको अवसरमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अधिकार क्षेत्रबारे सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको एउटै धारणा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसाय प्रवद्र्धनको लागि उद्योग वाणिज्य संघहरुले आयोजना गर्दै आएको मेला र महोत्सवमा आन्तरिक राजश्व कार्यालयले अनावश्यक रुपले अंकुश लगाउन खोजेको आरोप पनि लगाउनुभयो ।

विभिन्न क्लवहरुले समेत मेला र महोत्सव आयोजना गर्दा मेला र महोत्सवको स्तर खस्केको उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले संविधान कार्यान्वयनमा निजी क्षेत्रले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
पोउवा संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले प्रान्तीय संरचनामा जाँदै गर्दा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले आफ्नो अधिकारबारे सचेत हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य सुरेशराज राजभण्डारी, संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रवीन्द्रबहादुर प्रजु, कार्यसमिति सदस्य ईश्वर कर्माचार्य,दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष गोपाल गुरागाईँ, कार्यसमिति सदस्य प्रकाश प्रसाईँ, विमल खतिवडा लगायतले महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको आवाज नसुनेको, निजी क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक नभएको गुनासो गरेका थिए ।

कमेन्टहरु
Loading...