पोखरामा बजार विस्तार गर्दै पातलेवन भिनियार्ड वाइनरी

पोखरा, ५ साउन /नेपाली वाइनमा विदेश सम्म ख्याती कमाउन सफल पातलेवन भिनियार्ड वाइनरीले पोखरमा बजार विस्तार गर्ने तयारी थालेको छ । कम्पनीबाट उत्पादीत वाइनको पोखरामा शुक्रबार बजार विस्तारका बारेमा व्यवसायीहरु सगँ छलफल समेत गरेको छ । पातलेवन भिनियार्ड वाइनरीले आफैले अंगुर उत्पादन गरेर वाइन बनाउदै आएको कम्पनीका अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।

उनले कम्पनीले वाइट वाइन, रेड वाइन काउले, रेड वाइन रोजी उत्पादन गर्दै आएको बताए । उनले बाइट वाइनमा सोलारीस, रेडवाइनमा मेल्लोड र क्याबरनेट सोभिगन तीनवटा वाइन डिसेम्बरबाट बजारमा आउने बताए । कम्पनीले काठमाडौबाट करिब १६ किलोमिटर बडभन्ज्याङ स्थित पातले वन, काउले र केवलपुरमा अंगुर खेती गर्दै आएको छ । १ सय ७० रोपनी क्षेत्रमा विभिन्न जातका अंगुरको खेती गरेको र त्यसैबाट वाइन उत्पादन गर्दै आएको कार्कीले बताए ।

पोखरामा बजार विस्तार गर्दै पातलेवन भिनियार्ड वाइनरी
पोखरामा बजार विस्तार गर्दै पातलेवन भिनियार्ड वाइनरी

वाइन उत्पानका लागि स्वइस नागरिक जोसेफ च्याान्टोनाले प्राविधिक ज्ञान दिएको कम्पनीका सञ्चालक जनपाल थापाले जानकारी दिए । उनले स्वइस नागरिक जोसेफको स्वइसमा पनि वाइनकै कम्पनी भएको बताउदै त्यसकै ज्ञान आफुहरुलाई दिएको बताए । उनले विदेशी वाइनहरुलाई विस्तापित गर्ने लक्ष्यका साथ नेपाली वाइनलाई गुस्तरीय उत्पानमा आफुहरु लागेको बताए ।

उनले पछिल्लो समय नेपालमा पनि वाइन कल्चर भित्रिएको बताए । ‘वाइनका लागि नेपालबाट दैनिक लाखौ रुपैया विदेशीने गरेको छ,’ उनले भने ‘त्यसलाई रोक्नका लागि पनि उत्पादन बढाउदै लगेका छौ ।’ उनले दिगो पर्यटनका लागि कृषि पर्यटनलाई जोड्दिएको बताए । कम्पनीले पातले वनमा होटल समेत सञ्चालन गरेको छ । होटलमा बस्दै  लटरम्म फलेका अंगुरको स्वाद आफ्नै हातले टिपेर लिन पाइने उनले सुनाए ।

पातले बनमा रहेको भिनयार्ड रिसोर्टका २९ वटै कोठाबाट लाङटाङ, गणेश, मनास्लु तथा अन्नपूर्ण हिमश्रृखंला अवलोकन गर्न सकिने होटलका म्यानेजर समेत रहेका थापाले बताए । सन् २००७ बाट वाइन उत्पानमा लागेको कम्पनीमा करिब १५ करोडको लगानी भइसकेको छ ।

कार्यक्रममा सुलभ सहकारी संस्थाका अध्यक्ष विश्व पौडेलले वाइनले पोखरा र पोखरा आउने पर्यटकको मन जित्ने बताए । पोखराका लागि सुलभ सहकारीले विक्रेताको जिम्मा लिएको छ । वाइन स्वइस र जापानी प्रविधिबाट बनाउदै आएको कम्पनीको भनाई छ । पोखरामा बजार विस्तार पछि काठमाडौको ठमेल र दवारमार्गमा पनि विस्तार गर्ने लक्ष्य रहेको सञ्चालक थापाले बताए ।

कमेन्टहरु
Loading...