प्रदेश ४ को बजेट बहुमतले पारित

पोखरा, २४ वैशाख/प्रदेश ४ को बजेट आइतबारको प्रदेश बैठकमा बहुमतले पारित भएको छ । विपक्षी दलले असहमति जनाउँदा जनाउँदै पनि बैठकको ध्वनिमत आधारमा बजेट पारित गरेको हो । वैशाख १९ प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ अर्व २ करोड ५ लाख रुपैयाँ बजेट सार्वजनीक गरे थिए । बजेटमाथि २० गते छलफल गरेको थियो भने २१ गतेको प्रदेशसभामा बैठकमा प्रतिपक्षीदलहरु नेपाली काग्रेस र नयाँ शक्ति पार्टीले संसद अवरोध गरेका थिए ।

यो विषयमा आइतबार अबेरसम्म कार्यव्यवस्थ परामर्श समितिको बैठक बसी सहमतिको वातावरण तयार गरेपछि बजेट पारित गर्ने बाटो खुलेको हो । बजेटमा चालू खर्चर्फ ४८ करोड ३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ ५४ करोड १ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री गुरुङले यो वर्ष कानुन र संरचना निर्माणलाई प्राथमिकता दिइएको हुदाँ सरकारले नीति तथा कानुनहरु बनाएर अर्को वर्ष ठुलो आकारको बजेट ल्याउने बताए ।

बजेटले पहिलो प्रथामीकता पर्यटन क्षेत्रलाई दिएको छ । त्यसै गरि ऊर्जा, कृषि क्षेत्र, औद्योगिक क्षेत्र, पूर्वाधार निर्माण र सामाजिक क्षेत्रमा उच्च प्रथामिकता दिदै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले बजेट विनियोजन गरेका छन् ।

प्रदेश ४ संसद
प्रदेश ४ संसद

बजेटले प्रदेश ४ को पर्यटन विकासका लागि तीन सय गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने, अपर काली, लोहर काली, मादी सेती लगाएतका स्थापनमा ¥याफ्टिङं संचालन गर्न गुरुयोजना निर्माण गर्ने, पर्यटन प्रवद्र्धन गर्न सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देश पर्यटन वर्ष र सन् २०२२ लाई अन्तराष्ट्रियस्तरको पोखरा भ्रमण वर्षको तयारीका लागि बजेट छुट्याएको गुरुङले बताए । त्यसै गरि काठमाडौ — पोखरा— लुम्बिनीलाई बुद्ध स्वर्णिम त्रिकोणको रुपमा विकास गर्ने रहको छ ।

त्यसै गरि उज्यालो प्रदेश अभियान अन्तरगत विजुली बत्ती नपुगेको क्षेत्रमा दुई वर्षमा विजुली बत्ती पु¥याउन १ करोड रुपैया, प्रत्येक गाउँपालिकामा मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ स्थापना, एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्रामको स्थापना गर्न अध्ययनका लागि १ करोड, विशेष औद्योगिक क्षेत्र स्थापना गर्न २० लाख, शहिदहरुको स्मृतिमा पार्कका निर्माण गर्न गुरुयोजनका लागि ५० लाख, दुई जिल्ला सदरमुकामा जोड्ने सडकका लागि ९ करोड ३६ लाख बजेट विनियोजन गरेका छन् ।

कमेन्टहरु
Loading...