प्रदेश ४ को बजेट २४ अर्ब २ करोड ३३ लाख (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, १ असार /प्रदेश ४ सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २४ अर्ब २ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । २४ अर्ब २ करोडको बजेटमा ६६ प्रतिशत पुँजीगत र ३० देखि ४० प्रतिशत पूर्वाधार निर्माणमा प्रदेश ४ को सरकारले आउँदो आर्थिक वर्षका लािग २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सरकारले पुँजीगतर्फ १५ अर्ब ९० करोड ७८ लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि १ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । चालु खर्चका लागि ६ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको बजेटले स्थानीय सरकार सगँ पनि हातेमालो गरेर अगाडी बढ्ने उल्लेख गरेको छ ।

प्रदेश ४ को बजेट २४ अर्ब २ करोड ३३ लाख
प्रदेश ४ को बजेट २४ अर्ब २ करोड ३३ लाख

बजेटमा उद्योग क्षेत्रका लागि ५० करोड, पर्यटनमा ५५ करोड, होमस्टे पुर्वाधार ३० कार्यक्रम, कृषि तथा पशुपालनमा १ अर्व ४० करोड, खानेपानीका लागि ५२ करोड, सडक निर्माणका लागि ३ अर्व २० करोड, सिचाईका लागि ६३ करोड, शिक्षामा ५६ करोड, स्वास्थ्यका १ अर्ब ६५ करोड विनीयोजन गरेको छ ।

त्यसै गरि स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखी २ अर्ब ६ करोड ६५ लाख, एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रम अन्तर्गत प्रदेशका छत्तीस निर्वाचन क्षेत्रका लागि २ करोड १० लाखका दरले जम्मा ७५ करोड ६० लाख, स्थानीय तहसँगको सहलगानीमा कार्यक्रममा १ अर्ब १२ करोड, मोटरेवल पुल निर्माण गर्न ५१ करोड ८५ लाख, झोलुङ्गे पुलको निर्माण गर्न ६ करोड २७ लाख, आगामी दुई भित्र विद्युती करण गर्नका लागि ३८ करोड, फेवातालको पूर्वाधार विकास र सौन्दर्यकरण ८ करोड प्रदेश सरकारले विनीयोजन गरेको छ ।

प्रदेश नम्बर ४ को बजेट भाषण

प्रदेश नम्बर ४ को बजेट भाषण#AP1HDLIVE

Posted by AP1 HD Sports on Friday, June 15, 2018

कमेन्टहरु
Loading...