पालुवा बहुउद्देश्यीय सहकारी संस्थामा ४ सय १७ जना शेयर सदस्य

पोखरा, २५ भदौ / पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यले शेयर सदस्यलाई समयसापेक्ष गुणस्तरीय एवम् प्रभावकारी सेवा प्रवाह गर्न संस्था कृयाशिल भएको बताउनुभयो ।

उहाँले संस्थाले विशेष गरी आयमूलक कृषि व्यापार, व्यवसाय जस्ता क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकतामा राख्ने लगायतका भावी योजना रहेको जानकारी दिनुभयो । कार्यक्रमका कास्की वचत संघका अध्यक्ष सुदिप ढकालले वचतका लागि त्यागको आवश्यकता रहेको बताउँदै खुलेर कारोबार गर्ने अवस्थाको सिर्जना हुनुपर्नेमा जोड दिए । पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिबप्रसाद आचार्यले सानो पुजी संकलन र त्यसको माध्यमबाट आर्थिक आयआर्जन लागतका उद्देश्य राख्दै कृयाशिल सहकारी संस्थाको सफलताको शुभकामना दिए ।

उनले वडाको समृद्धिका लागि १५० वटा वडास्तरीय योजना अघि सारिएको बताउँदै विकासमा सबैको साथ र सहयोग आवश्यक हुने उल्लेख गरे ।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले समूदायमा सानो पुजी जम्मा गरी समूदायकै सदस्यको हित र आयआर्जनका लागि अभिप्रेरित गर्ने सहकारी प्रति राज्य उदार बन्नुपर्ने धारणा राखे ।संस्थाका सल्लाहकार केशरप्रसाद निदोर्षीले जनस्तरमा आय आर्जनको विकासका लागि सहकारिताको अवधारणा अघि सारिएको बताउँदै त्यही प्रयासले विस्तारै मूर्त रुप लिएको बताए ।

संस्थाका निवर्तमान अध्यक्ष सरोजराज अधिकारीले तत्कालिन अवस्थामा ८४ जना सदस्यबाट सुरु गरेको सहकारी संस्थामा वर्तमानमा आइपुग्दा ४१७ जना शेयरसदस्य भैसकेको बताउँदै यसले सर्वसाधारणमा वचतको भावना बृद्धि गर्नुका साथै सामाजिक सेवाका क्षेत्रमा पनि आँफुलाई अघि बढाएको उल्लेख गरे ।

कार्यक्रममा सरस्वती टिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, सरस्वती टिका बहुमुखी क्याम्पसका प्रमुख युवराज लामिछाने, सुरक्षा वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष माधवप्रसाद कंडेल, बाघमारा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिल्लीराम बराल, पालुवा बहुउद्देश्यीय सहकारी संस्थाका बरिष्ठ उपाध्यक्ष निर्मल आचार्य, सचिव गोपीराज अधिकारी, सल्लाहकार भोजराज आचार्य, लेखनाथ सहकारी मञ्चका अध्यक्ष प्रशान्तराज धमला लगायतले आ आफ्ना धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...