समृद्ध पोखरा निर्माणका लागि पोउवा संघको अध्यक्षमा उम्मेदवारी ः पालिखे

पोखरा, २८ भदौ /पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार विश्वशंकर पालिखेले पोखरा उपत्यकाको आर्थिक समृद्धिका लागि आफु अध्यक्षको उम्मेदवार वनेको वताउनुभएको छ । सोमवार पोखराका विभिन्न व्यवसायीहरुसंगको भेटघाट र घरदैलो अभियान तीव्र पार्नुभएका पालिखेले व्यवसायीहरुलाई सम्वोधन गर्दै, उद्योग वाणिज्य संघलाई शुद्ध व्यवसायीक साझा थलोको रुपमा विकास गर्ने प्रतिवद्धता राख्नुभयो ।

पालिखेले थप्नुभयो,–आफु संधै व्यवसायीहरुको हक, हितको पक्षमा उभिएको र व्यवसायीकताका लागि मात्रै लडिरहेको कारण आफुलाई सहयोग गर्न पनि अनुरोध गर्नुभयो । पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको गौरवशाली विरासतलाई जोगाई राख्न आफुले निर्माण गरेको समावेशी व्यवसायीक समूहको विकल्प नरहेको दावी गर्नुभयो । व्यवसायमा राजनीतिलाई जर्वजस्ती प्रवेश गराउन खोजिएको भन्दै, उहाँले व्यवसायीक सम्मान र मर्यादाका लागि पनि आफ्नो उम्मेदवार प्रभावकारी रहेको दावी प्रस्तुत गर्नुभयो ।

अध्यक्ष पदका उम्मेदवार पालिखेले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको सुनिश्चिता, व्यवसायीहरुको सामूहिक विमाको व्यवस्था गर्ने, व्यवसायी र मजदुरवीचको सम्वन्ध सुधार गर्ने, पोखराको खानेपानी सुदृढिकरणका लागि पहल गर्ने लगायतका कार्य आफ्नो समूहको प्राथमिक काम भएको पनि पालिखेले वताउनुभयो । उहाँले व्यवसायीको लगानीको सुरक्षा र समृद्ध पोखरा निर्माण आफ्नो मुख्य एजेण्डा भएको वताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघको मर्यादा सदैव उचो राख्ने र व्यवसायिक हक, हितका लागि काम गर्ने प्रतिवद्धता पालिखेले गर्नुभयो । अध्यक्ष पदका उम्मेदवार पालिखेले सोमवार पोखराको मुख्य व्यापारिक स्थलहरु लेकसाईड, न्यूरोड, चिप्लेढुङगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनचोक, विरौटा लगायतका अधिकांश स्थानमा घरदैलो र व्यवसायी भेटघाट कार्यक्रम गरिएको प्रचारप्रसार समितिले जानकारी दिएको छ ।

भदौ ३१ र असोज १ गते पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाअधिवेनको लागि समावेशी व्यवसायी समूहको तर्फवाट अध्यक्ष पदको उम्मेदवार वन्नुभएका पालिखेले समृद्ध पोखरा निर्माणका लागि आफुले विगतदेखि थालेको अभियानप्रति सवै व्यवसायीहरु सकरात्मक रहेको पाएको वताउनुभएको छ । पोखराका सवै खाले उद्योगी व्यवसायीको साझा व्यवसायीक समूह आफुले निर्माण गरेको कारण जीतका लागि पर्याप्त आधार भएको उहाँको भनाई छ ।

कमेन्टहरु
Loading...