पोखराको लेकसाइडमा प्यालेट डिसर्ट क्याफे सञ्चालन

पोखरा २४ वैशाख / पोखराको हल्लनचोकमा प्यालेट डिजर्ट क्याफे सञ्चालनमा आएको छ । कफी र बेकरीका सामान उत्पादन तथा बिक्री गर्ने उद्येश्यले क्याफे सञ्चालनमा ल्याएको सञ्चालक अमित गुरुङले बताए ।

गुरुङका अनुसार आफुले मकाउमा सिकेको सीपलाई सदुपयोग गरी आफ्नै भुमिमा बेकरीका सामानहरु निर्माण गरी बिक्री गर्ने उद्येश्यले क्याफे सञ्चालनमा ल्याएको वताए ।

मकाउमा ५ वर्ष सम्म बेकरीमा काम गरेको अनुभव रहेको र क्याफेमा उत्पादित बेकरीका सामानहरुलाई स्वदेशमा मात्र नभइ बिदेशमा पनि बिक्री वितरण गरिने गुरुङले वताए ।

क्याफेमा होम मेड पेस्टिज, होम मेड आइसक्रिम, कफी र विभिन्न प्रकारका केकहरु उत्पादन गरिने अर्का सञ्चालक जगदिश गुरुङले वताए । ९० लाखको लागतमा सञ्चालनमा आएको क्याफेमा अमित गुरुङ, जगदीश गुरुङ र शुस्मा गुरुङको लगानी रहेको छ ।

कमेन्टहरु
Loading...