पोखरामा पँधेरी गुरुङ किचन संचालनमा

पोखरा, २८ मंसिर/पँधेरी हस्पिटालिटी र्सभीसेज प्रा.लिले पोखरामा पँधेरी गुरुङ् किचन संचालनमा ल्याएको छ । किचनको शुक्रबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृत अनिल कुमार शाहिले व्यवसाय संचालनको दौरानमा विद्यमान कानुनी व्यवस्थाहरुको पुर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा आफु विश्वस्त रहेको बताए ।

खाद्य प्रविधि तथा गुणस्तर अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले पोखरामा संचालित अधिकांस व्यवसायमा गुणस्तरको समस्या रहेको उल्लेख गर्दै त्यस तर्फ सचेत रहन आग्रह गरे । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले सेवा प्रवाहका सम्बन्धमा खानाको गुणस्तर, उचित मुल्य र सिघ्र सेवा महत्वपुर्ण हुने उल्लेख गरे ।

पोखरा महानगरपालिका पशुसेवा महाशाखाका पशुविकास अधिकृत शहदेव पौडेलले विदेशमा हाषिल गरेको अनुभवको उपयोग मार्फत नमुना व्यवसायी बन्न सुझाव दिए । नयाँबजार रोडमा सुविधा सम्पन्न किचन संचालनमा ल्याईएको संचालक दुर्गा प्रसाद आचार्यले बताए ।

गुरुङ खानाको प्रवद्र्धन गर्ने, स्वच्छ तथा स्वस्थ वातावरणमा सेवा प्रदान गर्ने, गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने, सेवाग्राहीहरुलाई न्यानो आतिथ्यता प्रदान गर्ने लागयतका उद्देश्यले पँधेरी गुरुङ् किचन संचालन गरिएको अर्का संचालक टेकनसिङ् गुरुङले जानकारी दिए ।

उनका अनुसार किचनमा स्वच्छ, स्वस्थ तथा गुणस्तरीय खाना, खाजा, विभिन्न प्रकारका बेकरी आईटम, कफि, वेवरेजहरु समेत उपलब्ध छन् । विभिन्न प्राकृतिक दृश्यहरुको कलात्मक सजावटले साश्वत नेपालीपनको झल्को दिने गरि किचनमा पँधेरी र तगारो समेत निर्माण गरिएको छ । यसले मौलिक कला र संस्कृति मार्फत सिंगो नेपाल प्रवद्र्धनमा टेवा पुग्ने संचालकहरुले विश्वास लिईएका छन् ।

किचन प्रत्येक दिन बिहान ७ बजेदेखी साँझ ९ बजे सम्म खुल्नेछ । करिब ५० लाख बराबरको लगानी रहेको गुरुङ् किचनमा महिला र पुरुष गरि १४ जनाले रोजगारी पाएका छन् ।

कमेन्टहरु
Loading...