जैविक चिया संस्कृतिको विकास गर्न “टि टक” कार्यक्रम

जैविक चिया संस्कृतिको विकास गर्न “टि टक” कार्यक्रम
207

पोखरा, २७ पुस / पोखरामा आइतबार जैविक चिया र यसको महत्वको ’boutमा ‘टि टक’ कार्यक्रम गरिएको छ । विशेष गरी अग्र्यानिक (जैविक) चियाको महत्व र यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको ’boutमा जानकारी दिन र स्वदेशी चियाको प्रवद्र्धन गर्न कार्यक्रम गरिएको बसन्त टे«डका संचालक एवं अग्र्यानीक चिया व्यवसायी रवी पौडेलले जानकारी दिनुभयो ।

‘टि टक’ कार्यक्रममा जैविक चिया विज्ञ एवं कञ्चनजंघा अर्थोडक्स चिया उद्योगका संचालक हरी सिटौलाले चियाको उत्पत्ति र यसको विकासक्रमसँगै मानव स्वास्थमा यसको महत्वको ’boutमा जानकारी दिनुभएको थियो । माइण्ड केमस्टि रिर्सच पर्सन समेत रहनु भएका सिटौलाले मानव मस्तिष्कमा जैविक चियाले उत्पन्न गराउने हर्मोन र त्यसले मस्तिष्कलाई कसरी सक्रिय र निस्क्रिय बनाउन भूमिका खेल्छ भन्ने ’boutमा जानकारी दिनुभएको थियो ।

उहाँले जैविक चियामा भिटामिन सी र इ तथा बी टु पाइने ग्रीन टीमा फोलिक एसिड, बिटा व्यारोटिन क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, जिङ्क कपर एन्टि अक्सिडेन्ट आदि तत्वहरु पाइने र यसको प्रयोगबाट शरीरमा स्फुर्तिका साथै स्मरण शक्ति विकास हुने बताउनुभयो ।

‘टि टक’ कार्यक्रममा सहभागि ज्ञान गुरुङले सामान्य रुपमा बुझिने जैविक चियाका अनेक फाइदाको ’boutमा जानकारी लिन पाएको प्रतिक्रिया दिनुभयो । उहाँले एउटै चियाको बोटबाट विविध खालका चिया कसरी तयार गरीन्छ भन्ने र त्यसको तयारी प्रक्रियाको ’boutमा समेत जानकारी लिन सफल भएको बताउनुभयो ।

फिटनेस संचालक कृष्णा गुरुङले पनि स्वस्थ्य मानसिकता र स्वस्थ शरीरका लागि जैविक चियाका अनगिन्ति गुणहरुको ’boutमा जानकारी लिन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो –“हामीमा अझै जैविक चियाको महत्व थाहा छैन यसका यति धेरै फाइदा रहेछन् । देश भित्रको उत्पादनले अन्तर्राष्ट्रिय बजार लिइसक्दा पनि हामी यसको महत्व बुझ्न सकेका रहेनछौ ।”

उहाँले नेपालीमा अझै चिया पिउने परम्परागत संस्कृती भएपनि यसको वैज्ञानिक पद्धतिको ’boutमा जानकारी नभएको भन्दै यस्तो कार्यक्रमले जैविक चियाको महत्व उजागार गर्ने बताउनुभयो ।
कार्यक्रम आयोजक रवी पौडेलले विगत ७ सात वर्ष देखि अग्र्यानिक र सेमि अग्र्यानिक चियाको व्यवसाय गर्दै आएको र पछिल्लो समय नेपालीले जैविक चियाप्रति रुचि देखाएको बताउनुभयो ।

“जुन अनुपातमा जैविक चियाको प्रयोग हुनुपर्ने हो त्यो अझै भएको छैन ।” चिया संस्कृतिको विकास गर्न र यसको महत्वलाई उजागार गर्न जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको उहाँको भनाइ थियो । पौडेलले अहिले बसन्त चिया टे«ड कन्सर्नमा चियाको मात्र ३० वटा भेराइटि उपलब्ध रहेको बताउनुभयो । “विभिन्न रोग लागेका व्यक्ति अहिले जैविक चिया प्रयोगबाट सञ्चो भएको भन्दै खोज्न आउने गरेका छन् ।” उहाँले जैविक चियाको राम्रोसँग प्रयोग गर्न जानियो भने शरीरको ८० प्रतिशत रोग निको हुने दावी गर्र्नुभयो ।

कञ्चनजंघा अर्थोडक्स चिया उद्योगका अर्का सञ्चालक डम्बर बहादुर खत्री र अर्गानिक चिया व्यवसायी युवराज दाहालले पनि जैविक चियाको महत्वको ’boutमा आफ्नो अनुभव राख्नुभएको थियो । विभिन्न क्षेत्रका प्रतिनिधि व्यत्तिहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरेको र यसले गुणात्मक नतिजा दिनेमा आफु विश्वस्त रहेको पौडेलले बताउनुभयो ।

Get real time updates directly on you device, subscribe now.

Loading...