पोखरामा खुल्यो एप्पल ब्राण्डको स्टोर्स, ओम म्याक स्टोर्स

पोखरा २० असार /एप्पल ब्राण्डका सामग्रीहरुको विक्री वितरण र मर्मत गर्ने गरि पहिलो पटक पोखराको चिप्लेढुङगामा ओम म्याक स्टोर्स संचालनमा आएको छ । पोखराका फोटो पत्रकार ओम लामाले स्टोर्स संचालनमा ल्याएका हुन् । सोमबारदेखि स्टोर्स संचालनमा आएको छ ।

एप्पलस ब्राण्डका सामाग्रीहरुको पसल पोखरामा नहुदाँ सामान्य समस्याका लागि काठमाडौ जानुपर्ने अवस्था रहेको थियो भने अव म्याक स्टोर्स संचालनमा आएपछि एप्पल ब्राण्डका मोवाई, आइफोन लगायतका सामग्री गर्ने उपभोक्ताका लागि सहज हुने भएको छ । पोखराको चिप्लेङगास्थित श्रीकम्प्लेक्स भन्दा तल स्टोर्स रहेको छ । स्टोर्समा एप्पलका आइप्याड, आइम्याक, डेक्सस्टप र जेभियल ब्राण्डका स्पिकर, ब्राभेन ब्राण्डका स्पकीकर आइफोन तथा म्याक ब्राण्डका सामाग्रीहरुको विक्री तथा मर्मत गर्ने संचालक ओम लामाले जानकारी दिए ।

पोखरामा खुल्यो एप्पल ब्राण्डको स्टोर्स, ओम म्याक स्टोर्स
पोखरामा खुल्यो एप्पल ब्राण्डको स्टोर्स, ओम म्याक स्टोर्स

एप्पल ब्राण्डको सामाग्रीहरुका प्रयोगकर्तालाई ध्यानमा राखेर सहज रुपमा विक्री वितरण र मर्मत पोखरामै सहज रुपमा होस भन्ने उद्देश्य राखेर पसल संचालनमा ल्याएको लामाले बताए ।‘सामान्य समस्य आउदाँ मर्मतका लागी जानुपर्ने अवस्था थियो, अव एप्पल ब्राण्डका सामाग्रीहरु पोखरामै हुने हुदाँ काठमाडौ जानुपर्ने अवस्थाको अन्त्य भएको छ ’उनले भने । उनका अनुसार उक्त स्टोर्सबाट गण्डकी र धौलागिरीका लागी एप्पल ब्राण्डका मोबाइल, ल्यापटप, आइफोन लगाएका सामाग्री उपलब्ध गराइने बताए ।

ओलिज स्टोर्स काठमाडौका संचालक एवं डिलर लोकेश ओलीले पोखरामा पहिलो पटक स्टोर्स संचालनमा आएपछि एप्पल ब्राण्डको सामाग्री किन्न र जानकारी लिन सहज हुने बताए । उनले काठमाडौपछि पोखरामा स्टोर्स संचालनमा आएपछि ग्राहकलाई सहज हुने विश्वास समेत ब्यक्त गरे । टेक्निकल सपोटर रजत सिहंले सामान्य समस्या पोखरामै हुने तर जटिल खालका समस्याहरुलाई काठमाडौबाटै सामाधान गरेर एक दिनमै उपलब्ध गराउने बताए ।

कमेन्टहरु
Loading...