ओमको साधारणसभाबाट बोन शेयर दिने प्रस्ताब पारित

पोखरा, २५ फागुन/ओम डेभलपमेन्ट बैंक लिमिटेडको साधारणसभाले आ.ब. २०७३÷७४ को मुनाफाबाट शेयरधनिहरुलाई १७.६९% बोनश शेयर दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतमा बसेको बैंकको ११ औं बार्षिक साधारणसभाबाट प्रस्ताव पारित भएको हो । बैंकले गत आ.ब.मा १६ अर्ब ६ करोड निक्षेप संकलन, १४ अर्ब ५ करोड कर्जा लगानी गरि ३९ करोड ४४ लाख खुद मुनाफा गरेको थियो ।

बोनश शेयर बितरण भएपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५१ करोड पुग्नेछ । बैंकले गत आर्थिक बर्षमा निक्षेपमा ३५.५ प्रतिशत, कर्जामा ४१.६३ प्रतिशत र खुद मुनाफामा ३३ प्रतिशतको बृद्धि गरेको हो । बैंकको अहिले ५२ शाखा, ११ वटा एटिएम, २ लाख ३१ हजार ग्राहक रहेका छन् ।

साधारणसभाले बैंकको संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना गरि ६ जना सञ्चालकहरु सुशील कुमार गोशली, राजेन्द्र कुमार बाटाजु र बिजय मल्ल, योगेन्द्र लाल प्रधान, श्रीकृष्ण रेग्मि र कर्म कुमारी गुरुङ्गलाई सर्वसम्मतिले निर्वाचित गरेको छ । निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सुशील कुमार गोशलीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

कमेन्टहरु
Loading...