ओम डेभलपमेन्ट बैंकको शाखा काठमाण्डौंको न्यूरोडमा

काठमाडौं, ६ असार /ओम डेभलपमेन्ट बैंक लि.ले काठमाण्डौंको न्यूरोडमा शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखाको उद्घाटन गरे । सोही अवसरमा नेपाल आदर्श माध्यामिक बिद्यालय न्यूरोड, काठमाण्डौंका बिद्यार्थीहरुलाई स्टेशनरी प्रदान गरिएको थियो ।

बैंकले जेष्ठ मसान्तसम्म १९ अर्ब ५० करोड निक्षेप संकलन गरी १७ अर्ब ५० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, कर्मचारी संख्या ४२६, ग्राहक संख्या करिब २ लाख ३५ हजार, एटिएम संख्या १७ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीले बैंकले जर्मनीको केएफडब्लु बैंकसंग साना तथा मझौला कर्जा अन्तर्गत २ लाख देखी ४० लाखसम्मको कर्जा लगानी गरिरहेको, ग्राहकहरुलाई निःशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको, बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको र भविष्यमा बिभिन्न आधुनिक बैंकिङ सेवा प्रदान गर्दै जाने ब्यहोरा जानकारी दिए ।

कमेन्टहरु
Loading...