Ganthan News Pokhara
All news from Pokhara & around

ओम बैकद्धारा मनकामना मन्दिरलाई सहयोग प्रदान

0

पोखरा, २२ चैत /ओम डेभलपमेन्ट बैंकले गोरखाको मनकामना मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

मन्दिर प्राङगणमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठलाई हस्तान्तरण गरे ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनकामना मन्दिरलाई यो आर्थिक सहयोग प्रदान गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए । बैकले यस अघि पनि बिभिन्न संघ संस्थाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहेको थियो ।

२०७२ सालको महाभुकम्पका कारणले क्षति पुगेको मन्दिरलाई पुन निर्माण गर्न बैंकको यो आर्थिक सहयोगले योगदान पुग्ने र दर्शनार्थीहरुलाई समेत अझ बढी सुबिधा हुने बैंकले बिश्वास लिएको छ । यसअघि पनि बैंकले महेश आश्रम देवघाटलाई एक सेट सिसिटिभि प्रदान गरेको थियो ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु