ओम डेभलपमेन्ट बैंककोा बोनश शेयर सूचिकृत

पोखरा, १७ असार /ओम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७३÷७४ मा बितरण गरेको १७.६९ प्रतिशत अर्थात ३७,८१,०७३ कित्ता बोनश शेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको छ । बोनश शेयर बितरणपछि बैंकको जम्मा सूचिकृत शेयर २,५१,५२,३५६ कित्ता पुगेको छ ।

२ अर्ब ५१ करोड ५२ लाख ३५ हजार ६ सय चुक्ता पुंजी रहेको बैंकको पुंजी संरचना संस्थापक शेयर ५१ प्रतिशत र सर्वसाधारण शेयर ४९ प्रतिशत रहेको छ ।

बैंकले जेठ मसान्तसम्म १९ अर्ब ५० करोड निक्षेप संकलन गरी १७ अर्ब ५० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, कर्मचारी संख्या ४२६, ग्राहक संख्या करिब २ लाख ३५ हजार, एटिएम संख्या १७ रहेको छ भने ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको, बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

कमेन्टहरु
Loading...