ओम र नेशनल लाईफ बीच बैंकान्सुरेन्स सम्झौता

पोखरा, १३ भदौ / ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्यारेन्स कम्पनी बीच शुक्रबार बैकान्सुरेन्स

सहमति भएको छ । सहमतिमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र नेशनल

लाईफ इन्स्यारेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका हुन ।

सम्झौतामा बैंकले आफ्ना ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा नेशनल लाईफ इन्स्यारेन्स

कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गर्ने जनाएको छ । यस सम्झौता मार्फत बैंकका ग्राहकले बैंकका ५३

शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्दै आबश्यक परेको समय दाबी भुक्तानी सहज रुपमा लिन

सक्नेछन् । सम्झौताले ओम डेभलपमेन्ट बैंकको ग्राहकलाई बैकिङ तथा बीमा एकद्धार प्रणालीबाट प्रदान गर्ने

लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

कमेन्टहरु
Loading...