पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पोखरा, ४ पुष /नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेल मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाएको हो । ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ । डिजेल, र मट्टितेल मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ रहेको छ । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार आयल निगमले तेलको मूल्य बढाएको हो ।

कमेन्टहरु
Loading...