पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं, ३ भदौ/नेपाल आयल निगमले आइतबार राती देखी लागूपेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटर १ रुपैयाँ, डिजेल र मट्टतिेलको मूल्यमा २ र २ रुपैयाँले बढेको छ । अब पेट्रोलको मूल्य

लिटर १११ रुपैयाँ भएको छ भने डिजेल र मट्टतिेलको मुल्य प्रति लिटर ९५ रुपैयाँ पुगेको छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तराष्ट्रियतर्फ प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको छ । आयल

निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूचि अनुसार मूल्य समायोजन गरेको जनाको छ ।

नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा भएपनि डिजेल र मट्टीतेलतमा भने ७० पैसा घाटा भएको जनाएको छ ।

खाना पकाउने ग्यासमा भने मूल्य बढेको छैन ।

कमेन्टहरु
Loading...