नेपाली युवा उद्यमी मञ्च पोखरामा ज्ञानेश्वरराज श्रेष्ठ

पोखरा, १७ मंसिर /नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा ज्ञानेश्वरराज श्रेष्ठ निर्वाचित भएका छन् । मञ्चको सातौं अधिवेशन तथा १२औं साधारणसभाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

मञ्चको प्रथम उपाध्यक्षमा सुमन बिजुक्छे, द्वितीय उपाध्यक्षमा सन्तोष घिमिरे, सचिवमा पुनित बैद्य र कोषाध्यक्षमा सुनिलबहादुर भट्टराई निर्वाचित भएका छन् । मञ्चका सदस्यहरुमा निरन केसी, प्रतिष पालिखे, वैभव पौडेल, सुयस मल्ल, पारशराज गौतम, विनल कर्माचार्य निर्वाचित भएका छन् ।

यसैबीच, मञ्चको अविधेशनको अवसरमा निबर्तमान अध्यक्ष बनेका सरोज श्रेष्ठले मञ्चले सञ्चालन गर्नेगरी अक्षयकोष स्थापना गरेका छन् । कोषका लागि उनले १ लाख रुपैयाँ हस्तान्तरण गरे । श्रेष्ठका दाजु शिव श्रेष्ठले नवनिर्वाचित अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । अघिल्लो वर्ष प्रकाशदेव पालिखेले पनि आफू निबर्तमान हुने समयमा १ लाख रुपैयाँको अक्षयकोष सञ्चालनमा ल्याएका थिए ।

अधिवेशनको अवसरमा मञ्च केन्द्रका इलेक्ट प्रेसिडेन्ट बरुण लौहिया, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, मञ्च केन्द्र तथा पोखराका पूर्व अध्यक्ष निरञ्जन श्रेष्ठ, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...